2026-09-19 03:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

किशोरी संञ्जालको पहलमा रोकियो बाल विवाह

सम्राट सिंह, मंसिर १०, बझाङ । जिल्लाको देउलीकोट गाविस ८ मा हुन थालेको बाल विवाह किशोरी संञ्जालको पहलमा रोकिएको छ । किशोरी संञ्जालले दुलाहा र दुलही पक्षका अभिभावकलाई सम्झाउदा नमानेपछि संञ्जालले स्थानिय प्रहरीको सहायता लिइ बाल विवाह रोकेको हो ।
देउलीकोट गाविस घर भएका १५ बर्षिय युवती र सोही गाविस घर भएका १५ बर्षिय युवकबिच हुन थालेको बाल विवाह रोकेको किशोरी संञ्जालकी अध्यक्ष रमिता सिंहले बताइन् । उनले भनिन् जिल्लामा अधिकांश महिला हिंसा र बहुविवाह जस्ता घटनाहरुको मुख्य कारण बाल विवाह नै भएकाले यसलाई रोक्न हामी लागि परेका हाँै ।
बाल विवाह गर्दा पर्ने असरबारे गाउँघरका बासिन्दाहरुलाई जानकारी नहुँदा बाल विवाहको बाल विवाहको भयाभव भएको बझाङ जिल्लामा विभिन्न संघ संस्थाहरुले बालविवाह सम्बन्धि गाउँ गाउँमा जनचेतना फैलाउने, गाउँ गाउँमा किशोरी संञ्जाल गठन गरी उनीहरु मर्फत बाल विवाह सम्बन्धि विभिन्न कार्यक्रम राखी युवा युवतीहरुलाई बाल विवाह गर्दा पर्ने प्रभाव बारे जानकारी दिदा बाल विवाहमा केहि कमी आएको छ ।
किशोरी संञ्जालकी अध्यक्षले बाल विवाह हुन थालेको बारे आफुलाई जानकारी दिएपछि स्थानिय प्रहरीको सहायता दिई बाल विवाह रोकेको महिला तथा बाल बालिका कार्यालयका प्रमुख लिला घलेले बताइन् । उनले भनिन् गाउँ गाउँका किशोरी संञ्जालहरु सक्रिय भए जिल्लालाई नै बाल विवाह मुक्त गर्न किने उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई