१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भण्डारीको उपन्यास पहेँलो घाममाथि ¥याण्डममा चर्चा

२३ माघ २०७२, शनिबार ०८:५२

माघ २३, पोखरा । उपन्यासकार विष्णु भण्डारीको आठौँ कृति तथा
पहिलो उपन्यास ‘पहेँलो घाम’माथि पोखरामा शनिबार चर्चा भएको छ ।

¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको मासिक पुस्तक परिचर्चाको ६० औँ शृङ्खलामा उपन्यासको चर्चा
गर्दै युवा लेखक दीपक पराजुलीले कृति सङ्व्रmमणकालीन नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण दस्तावेज
भएको बताउनुभयो ।

kaski 1

माओवादी जनयुद्धको अन्त्यपछि
अयोग्य ठहरिएका लडाकुमाथि लेखिएको उपन्यासले त्यसपछि लडाकुहरुको सामाजिक–राजनीतिक जीवनमा के कस्ता
उतारचढाव आए भन्ने बुझ्न सघाउने पराजुलीको दाबी थियो । उपन्यासमा माओवादी शान्ति प्रव्रिंmयामा आएपछिको
निर्मम समीक्षा गरिएको भन्दै समीक्षक पराजुलीले समीक्षाका व्रmममा उपन्यासकार भण्डारीले वस्तु सत्य
प्रस्तुत गरेर पाठकप्रति न्याय गरेको बताउनुभयो । पराजुलीले युद्धकालका लडाकु अयोग्य नभई पार्टीका
नेतृत्वकर्ता अयोग्य भएको आरोप समेत लगाउनुभयो ।

सोसाइटीमा
अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा उपन्यासकार भण्डारीले प्रगतिवादी खेमाका
लेखकहरुले प्रेम, यौन, स्वर्ग, भगवान् जस्ता शब्दको प्रयोग गर्नै नहुने परम्परागत मान्यताप्रति
असन्तुष्टि राख्नुभयो । जीवनका सत्यलाई साहित्यमा उतार्दा कोही गैर प्रगतिवादी नहुने जिकिर
भण्डारीको
थियो ।

कम्युनिष्ट पार्टीका नेताहरुले जुन आदर्श चरित्र
देखाउनुपर्ने हो, त्यस्तो नभएको भन्दै उहाँले नेताहरुको विलासी जीवनशैलीले माओवादीलाई ‘पहेँलो घाम’
बनाउँदै लगेको दाबी गर्नुभयो । माओवादी नेताहरुले ‘दरबार’


नछोडेसम्म पार्टी माथि नजाने जिकिर गर्दै उहाँले नामै तोकेर ल्यार्काल लामा र सूब सेन
ओलीहरु पार्टीलाई प्रिय लागेसम्म इमानदार कार्यकर्ता सधैँ ‘अयोग्य’ नै ठहरिने बताउनुभयो । साहित्यमा
विचार मात्र थुपारेर नहुने भन्दै कला पक्षलाई पनि आफूले उत्तिकै महत्त्व दिने गरेको उहाँको भनाइ थियो

kaski

कायव्रmममा कवि प्रथाले आफू
कविता बढी मन पराउने पाठक भए पनि भण्डारीको ‘पहेँलो घाम’ले भने निकै प्रभाव पारेको बताउनुभयो ।
कार्यव्रmममा सुरेश रानाभाट, अजय अनमोल, डा. कृष्णराज अधिकारी, सरस्वती प्रतीक्षा, भीम रानाभाट, अमृत
सुवेदी, राजेन्द्र पौडेल, गनेस पौडेललगायतले टिप्पणी गर्नुभएको थियो ।

सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा पुस्तक छनोट समितिकी संयोजक सरस्वती
प्रतीक्षाले आगामी फागुन २९ गते शनिबार सरिता तिवारीको कविता सङ्ग्रह ‘प्रश्नहरुको कारखाना’माथि अर्चना
थापाले परिचर्चा गर्नुहुने जानकारी दिनुभएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक
वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको सदस्य सुरज उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का