Skip to content
Friday, July 17, 2026 Nepali Online Media

म्याग्दीमा आगलागीबाट पन्ध्र लाख बराबरको धनमाल क्षति

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १०, म्याग्दी । म्याग्दीको दरवाङ– २ भूमेथानमा आज बिहान आगलागी हुँदा रु पन्ध्र लाख बराबरको धनमाल क्षति भएको छ ।

ललितमान पुनको दुईतले कच्ची घरमा आगलागी हुँदा सो मूल्य बराबरकोे धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचर र पसलका सामान तथा सो घरमा डेरा गरी बस्ने व्यक्तिका सामानसमेत जलेर नष्ट भएको छ ।सो घरमा बिहान ३ बजेतिर अचानक आलागी भएको थियो ।

स्थानीयवासी र प्रहरीले करिब दुई घन्टापछि आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ । रासस