१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पृथ्वी राजमार्ग बस सञ्चालक समितीको रक्तदानमा १ सय २१ युनिट रगत संकलन

२३ माघ २०७२, शनिबार ०८:५५

गिता राना मगर/माघ २३, पोखरा ।

शनिवार देखि पृथ्वीराजमार्ग अन्तर्गत सञ्चालन हुने
वसहरु नचल्ने

पृथ्वीराजमार्ग बस सञ्चालक
समितीको ४५ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय २१ युनिट रगत संकलन भएको छ ।
समितीले आफ्नो वार्षिकोत्सवको अवसरमा बिहीबार र शुक्रबार काठमाण्डौ र दमौलीमा रक्तदान कार्यक्रमको
आयोजना गरेको थियो ।
pokhara

बिहीबार लायन्स क्लव अफ
काठमाण्डौ चन्द्रागिरी र पृथ्वी राजमार्ग बस ब्यवशायी समितीको संयुक्त आयोजनामा आयोजित रक्तदान
कार्यक्रममा ५८ युनिट रगत संकलन भएको र शुक्रबार तनहुको दमौलीमा ६३ युनिट रगत संकलन भएको समितीका
अध्यक्ष ऐन कुमार शाहीले जानकारी दिए ।

शाहीका अनुसार
वार्षिकोत्सवको अवसर पारी शनिवार पोखरामा रहेको पृथ्वी राजमार्ग बस ब्यवशायी समितीको काउण्टर जिरो किमी
बाट चाइना पुल सम्मको क्षेत्रमा सरसफाइ गरिने भएको छ भने पोखरा १८ बाच्छेबुडुवामा रहेको बात्सायन
बृद्धाआश्रममा रहेको बृद्धबृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम रहेको छ

आइतबार पोखराको न्यु एरा पार्टी प्यालेसमा ४५ औ वार्षिकोत्सव भब्यताका साथ मनाइने भएको
समितीले जनाएको छ । उक्त कार्यक्रमको नेपाल यातायात राष्ट्रिय ब्यवशायी महांसंघ का अध्यक्ष दिनेश
भण्डारीले उद्घाटन गर्ने समितीका अध्यक्ष शाहीले जानकारी दिए ।

यसैविच पोखरामा आएको बिन्दबासिनी यातायात ब्यवशायी समितीले नया बस सञ्चालन गरेको विरोधमा
शनिवारदेखि पृथ्वी राजमार्ग अन्तर्गत चल्ने सम्पूर्ण बसहरु नचल्ने समितीका अध्यक्ष शाहीले जानकारी दिएका
छन । आफुहरुले विगत लामो समयदेखि यात्रुहरुलाई विभिन्न बाधा ब्यवधानका बिच पनि सुविधा दिदै
आइरहदा
हाल आएर यातायात ब्यवस्था बिभागले मनपरी रुपमा बस सञ्चालनका लागी रुट प्रमिट जारी गर्दा आफुहरुलाई मान्य
नभएकाले आफुहरुको समितीबाट सञ्चालन हुने वसहरु सञ्चालन गर्न असमर्थ रहेको शाहीको भनाइ रहेको थियो ।
यसबाट यात्रु महानुभावमा पर्न गएको असुविधा प्रति आफुहरु दुखी रहेको समेत अध्यक्ष शाहीले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का