गोविन्द बिश्वकर्मा/मङ्सिर ११, सुर्खेत । पालभित्रका नरबहादुर रोकाय यतिबेला राजधानीमा छन् । 

पालभित्र रुदै कराउदै छटपटिमा जिन्दगी कटाएका रोकाय थप उप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोविन्द बिश्वकर्मा/मङ्सिर ११, सुर्खेत । पालभित्रका नरबहादुर रोकाय यतिबेला राजधानीमा छन् । 

पालभित्र रुदै कराउदै छटपटिमा जिन्दगी कटाएका रोकाय थप उप"/>

2026-08-29 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पालभित्रका रोकाय राजधानीमा, क्यान्सरबाट थलिएकालाई उपचार सहयोग जुट्यो

गोविन्द बिश्वकर्मा/मङ्सिर ११, सुर्खेत । पालभित्रका नरबहादुर रोकाय यतिबेला राजधानीमा छन् । 

पालभित्र रुदै कराउदै छटपटिमा जिन्दगी कटाएका रोकाय थप उपचारका लागी राजधानी काठमाण्डौ गएका हुन् । ६ बर्ष पहिला बाँया खुट्टा गुमाएका उनि यतिबेला दाँया खुट्टाको उपचारका लागी काठमाण्डौ गएका हुन् । काम गर्ने क्रममा नै भारतको महाराष्ट्र मुम्बईमा बायाँ खुट्टा गुमाएका थिए रोकायले । वीरेन्द्रनगर ११ सुर्खेतका ५१ बर्षिया रोकाय थप उपचारका लागी सहयोग मिलेपछि राजधानी गएका हुन् । 

भारतको मुम्बईमा काम गर्ने क्रममा नै उनको एक खुट्टा काटिएको थियो । फालमे गेट खसेर बायाँ खुट्टाको बुढी औलामा चोट लागेको थियो । केहि बर्षमा नै  औलाको चोट बल्झिएर बाँया खुट्टाको दुश्मन बन्यो । 

क्यान्सर भएकै कारण रोकायको बाँया खुट्टा काट्नुपरेको थियो । यसरी बाँया खुट्टा काटेर एक खुट्टको साहारामा बाँच्दै  आएका रोकायलाई फेरी दायाँ खुट्टाले सताएको छ । विगत तीन बर्षबाट पालभित्रै बसेर पिडा खपेका रोकायलाई बैसाखबाट सहि नसक्नु पिडा हुन थालेको हो । 

उनि क्यान्सरका कारण थला परेका थिए । उनको दायाँ खुट्टा पुरै जाम भएको छ चल्दैन । उपचार नपाएर च्यातिएका त्रिपाल भित्र छटपटाईरहेका रोकायको उपचारमा सहयोग मिलेको छ । 

आर्थिक अभावले त्रिपालमै थलिएका क्यान्सर पीडित रोकायको उपचार खर्च पूर्व गृहमन्त्री तथा सुर्खेत क्षेत्र नम्बर १ का सासंद पूर्णबहादुर खड्काले व्यहोर्ने भएका छन् । 

बायाँ खुट्टा क्यान्सर भएर थलिएका रोकाको दायाँ खुट्टा पनि काट्नु पर्ने सल्लाह मध्यपश्चिम क्षेत्रीय अस्पतालले दिएपछि उनको थप उपचार खर्च बोहोर्ने गरी पूर्व गृहमन्त्री खड्काको पहलमा शुक्रबार काठमाण्डौ लगिएको हो । रोकायको राजधानी स्थित वीर अस्पतालमा निशुल्क उपचारको ब्यवस्था मिलाएको माया नर्सिङ्ग होम प्रा.लीका सञ्चालक विष्णु खड्काले जानकारी दिए ।

वि.स २०७१ साल साउन २८ र २९ गते आएको बाढीमा परी उनको परिवार प्रभावित भएको थियो । ११ धूर जग्गा सहित बसेको घर बगाउँदा विस्थापित भएर महिला प्रशिक्षण केन्द्र सुर्खेतमा पालमुनी जीवन बिताईरहेका छन् । 

राज्यले बाढी विस्थापितलाई पुनर्वासका लागी वितरण गरेको राहत ५० हजार  रुपैयाँ राकायले पनि पाए । यस अघिका दिनमा त्यही पैसाले उपाचार गरे । उनलाई कुनै सहजता भएन । राकायको घरमा श्रीमती सीता सहित तीन छोरा÷छारी छन् । 

बिहान साँझ खाने जुगाड नभएका उनिहरु उपचार गराउने कुनै विकल्प नभएको बताउछन् । हुनेखानेले घरको जुगाड गरेर घरमा बसिसके रोकाय जस्ता आर्थिक अबस्था कमजोर भएकाहरु पालमै दुःख काट्न बाध्य रहेका छन् । 

यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका कर्मचारीहरुले आफ्नो तलब कटाएर उपचारमा  आर्थिक सहयोग गरेका छन् । कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको नेतृत्वमा प्रशासनका कर्मचारीबाट संकलित रकम चार हजार ६ सय रोकायकि श्रीमति सीता रोकायलाई हस्तान्तरण गरिएको छ । अधिकृत पौडेलले रोकायका सन्तानलाई पढ्नको लागी व्यवस्थापन मिलाउन पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने