2026-09-19 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

मंसिर ११, नवलपरासी ।  

रजहरमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

नवलपरासीको रजहरमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दाङबाट भ्रमणको लागि पोखरा जाँदै गरेको ना ४ ख ६३२९ नम्बरको बसले ना ४ प ३००१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा अमरापुरीका २२ बर्षिय सनिल राना मगरको घटना स्थलमै मृत्यु भएको हो ।  दुर्घटना बिहान ४ बजे भएको प्रहरीले जनाएको छ ।

अमरापुरीबाट दिव्यपुरी आउँदै गरेको मोटरसाईलको पछाडी सवार दिव्यपुरी निवासी १८ बर्षिय सजिना गुरुङको गम्भीर अवस्थामा भरतपुरमा उपचार भईरहेको छ । 

मोटरसाईकल पुल मुनि खस्दा मोटरसाईकल चालकको मृत्यु 

नवलपरासीको सदरमुकाम परासी बाट भैरहवा तर्फ जादै गरेको मोटरसाइकल पुलमुनि खस्दा चालकको ज्यान गएको छ ।  लु ४ प ४३ २२ नम्बरको मोटरसाईकलका चालक मनहरी ६ बस्ने बर्ष १९ का ईन्तास मिया को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मियाको उपचारको क्रममा जिल्ला पृथ्वि चन्द्र अस्पताल परासीमा शुक्रबारराति ज्यान गएको हो । दुर्घटनमा परी मोटरसाईकलमा सवार निजकि आमा बर्ष ३६ कि तहरुन निसा घाईते भएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता