Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पुल बनेपछि सीमावर्ती गाउँमा खुसियाली

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १२, भीमदत्तनगर । पश्चिमको नेपाल–भारत सीमासँग जोडिएको महाकालीपारिको दोधाराचाँदनी नगरपालिका–८ सुन्दरनगर जोड्ने जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीयवासीमा सहजताका साथै खुसियाली छाएको छ ।

गत भदौदेखि जोगबुढा नदीमा बनेको झोलुङ्गे पुल सञ्चालनमा आएपछि यहाँकै दुर्गमबस्तीमा पर्ने सुन्दरनगरवासी सहज रुपमा सदरमुकाम भीमदत्तनगरका साथै देशका अन्य भूभाग आउन जान सक्ने भएका छन् ।

“झन्डै चार दशक हामीले जोगबुढा नदीमा किस्तीकै यात्रा ग¥यौँ ।” सुन्दरनगरका स्थानीयवासी सरिता पुनले रासससँग भन्नुभयो – “यहाँ राज्यको उपस्थिति भनेको प्राथमिकस्तरको विद्यालय र एउटा पुलमात्रै हो ।” विसं २०२४ मा बस्ती बसेको सुन्दरनगरमा झन्डै ३०० परिवार बस्दै आएका छन् ।

“पहिले त गाउँमा शिक्षा, स्वास्थ्य सडक, बिजुलीलगायतका विविधखाले समस्या थिए ।” सरिताले भन्नुभयो – “पुल बनेर हिँडडुल गर्न सहज भएपछि ठूलै सफलता मिलेजस्तो भएको छ ।” पुल बन्नुअघि गाउँमा माविस्तरको विद्यालय नहँुदा विद्यार्थी जोगबुढावारिको विद्यालयमा किस्तीको सहारामा अध्ययनका लागि आउँथे ।

त्यसैगरी गाउँकै अर्का समाजसेवी हरिशङ्कर रोकायामगर झोलुङ्गे पुल बनेपछि गाउँमा रौनक थपिएको बताउँछन् । फुर्सदमा ज्यालादारीदेखि दैनिक उपभोग्य सामानका लागि सुन्दरनगरवासीले सीमावर्ती भारतीय बजारको भरमा पर्नुपर्छ । रासस