2026-10-15 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लावासी सडकमा उत्रिएपछि दिनभर जुम्ला ठप्प

मङ्सिर १२, जुम्ला । नेपालकै इेतिहाँस तथा धार्मिक महत्व बोकेको एक प्राचिन शक्ति पिठ तथा कर्णालीको प्रसिद्ध बहुदेवताबाद आस्थाको केन्द्र चन्दननाथ मन्दिरमा चोरी भएपछि हजारौं जुम्लावासीहरु सडकमा उत्रिएका छन् । पछिल्लो जानकारी अनुसार गएराति १ बजेतिर जुम्लाको खलंगा बजारमा रहेको मन्दिरबाट ३७ वटा बहुमूल्य मुर्तिहरु चोरि भएका छन् । मन्दिरमा चोरी भएको खबर थाहा पाएपछि हजारौं भक्तजनहरु सडकमा उत्रिएका थिए । “मुर्ति चोरलाइ कारबाहि गर, मन्दीरको खाता आय ब्यय बन्द गर, छानबिन गरी दोसिलाइ कारबाहि गर” लगाएतका नारा लगाउदै सबै जिल्लाबासि सडकमा उत्रिउपछि आज दिनभर जुम्ला पुरै ठप्प भएको छ । लामो तथा छोटो दुरीका यातायातका साधान र मोटरसाइकल समेत सञ्चालनमा आउन सकेका छैनन् ।   

मूर्ति चोरी गर्नेहरुलाई तत्काल पक्राउ गर्न माग गर्दै जुम्लाका निजी विद्यालयका विद्यार्थीहरु पनि सडकमा उत्रिएका छन् । परीक्षाको समय नजिक आएपनि जुम्लाको अस्तित्व नै लुट्नेगरी मन्दीरमा चोरी भएपछि विद्यालयमा पढाइ गर्न नसकिएको भन्दै प्याव्सन जुम्लाले विद्यार्थीहरुलाई सडकमा उतारेको हो । प्याप्सनका महासचिब तथा जेआर कर्णाली बोर्डिङका प्रिन्सिपल जीवन गुरागाईंले भन्नुभयो, प्रहरी प्रशासनले तत्कालै अनुसन्धान थाल्नुपर्छ । जिल्ला प्रशासन कार्यालय अगाडिबाटै करोडौंको मूर्तिहरु चोरी हुनु भनेको प्रहरी प्रशासनको पनि मिलेमतो हो । कैलासबोधि स्कुलका कोडिनेटर गणेश प्रसाद उपाध्यायका अनुसार विद्यार्थिहरुले मौन धर्ना दिनुका साथै आज शान्ती पुर्ण आन्दोलन गरेका छन् ।  

चन्दननाथ मन्दिरमा रहेको मुख्य दत्तात्रयको त्रिमूर्ति सहित मन्दिरमा रहेका गौतम बुद्ध, कृष्ण, महाकाल लगात मुख्य देवताहरुको मूर्ति चोरी भएको छ  । त्यस्तै सुनको गजुर, देवताको पाइला, बहुमूल्य दायाँ र बायाँ शंख, सिंहासन पनि चोरी भएका छन् । भने मन्दिरका पुजारी मैलेश्वर गीरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उच्च स्तरीय छानबिन समिति गठन गर्न माग

नेकपा माओबादि केन्द्र जुम्लाले शनिबार राती चन्दननाथ मन्दिरबाट चोरी भएका मुर्ति चोरलाइ पक्राउ गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । नेकपा माओबादि केन्द्र जुम्लाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै जुम्लाको धार्मिक पहिचान गुम्ने गरी मन्दीरबाट चोरी भएका मुर्तिको छानविन गरी तत्काल चोर पक्रन उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरेको हो ।   

साथै पार्टिले जुम्लाबासिको बुझाइ अनुसार शंकाको घेरामा रहेका सबैलाइ आ आफ्नो क्षेत्रबाट सक्रिय अनुसन्धान तथा छानविनि गरी आन्दोलनलाइ थप उच्च तथा मर्यादित बनाउन सबैलाइ अपिल गरेको छ । प्रेस विज्ञप्तीमा चन्दननाथ दत्रातय मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष लगाएत सम्पुर्ण सदस्यहरु, पुजारी, मन्दीर निर्माण कार्यमा संलग्न ठेकेदार, पुजारीका सहयोगिहरु, प्रहरी प्रशासन र मन्दीर संरक्षण समितिका कर्मचारीलाइ छानविनको दायरामा ल्याउन माग गरीएको छ ।

नेकपा माओबादि केन्द्र जुम्लाका संयोजक विर बहादुर कुवँरद्धारा हस्ताक्षरीत विज्ञप्तीमा जुम्ली जनताको सामाजिक मनोवल विथोल्ने गरी योजनाबद्ध भएको घिण अपराधिक जडित इतिहाास तथा बहुमुल्य मुर्ति चोरी भएकोमा दुख ब्यक्त गरीएको छ । नेपालकै इेतिहाँस तथा धार्मिक महत्व बोकेको एक प्राचिन शक्ति पिठ तथा कर्णालीको प्रसिद्ध बहुदेवताबाद आस्थाको केन्द्र र राष्टिय मान्यता प्राप्त पुरातात्तिक महत्वले स्थापित चन्दननाथ मन्दिरबाट मुर्ति चोरी हुनुमा प्रहरी प्रशासनद्धारा सुरक्षा ब्यवस्थाको कमजोरीका कारण घटना हुन गएको बताइएको छ ।     

यसैबिच राष्टिय प्रजातन्त्र पार्टि जिल्ला कार्य समिति जुम्लाले पनि प्रेस विज्ञप्ती जारी गर्दै मुर्ति चोर्ने अपराधिलाइ पत्ता लगाइ छिटो भन्दा छिटो कारबाहिको दायरामा ल्याउन माग गरेको छ । मागलाइ बेवास्था गरीए पार्टिले सशक्त आन्दोलन गर्ने पार्टि सचिब बेद बहादुर शाहि र श्रिकृष्ण बुढाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा लेखिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने