2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सामुदायिक मेलमिलाप सम्वन्धी तालिम चरीकोटमाा सम्पन्न

ताराबहादुर महत | मंसिर १२, दोलखा | सामुदायिक मेलमिलाप सम्वन्धी चार दिवसीय उच्च तालिम दोलखा सदरमुकाम चरीकोटमा आज सम्पन्न भएको छ । 

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपाल दोलखाको आयोजनामा भएको तालिममा विभिन्न्न गाविस तथा नगरपालिकाका ३२ जना मेलमिलापकर्ताहरुको सहभागीता रहेको थियो । तालिमका सहभागीहरुलाई प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालद्धारा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रम दोलखाका जिल्ला संयोजक तारा बहादुर महत, जिल्ला प्रशिक्षकहरु निर्मला उप्रेती र लक्ष्मी थापाले अन्र्तव्यक्ति र बहुसरोकारवाला विवाद समाधानको प्रक्रिया र अभ्यासको बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी जिल्ला अदालत दोलखाको मेलमिलाप शाखाकी शान्त बस्नेतले अदालती मेलमिलाप प्रक्रिया सम्वन्धी जानकारी गराउनु भएको आयोजकले जनाएकोे छ । 

समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने उद्धेश्यले द एसिया फउण्डेसनको आर्थिक सहयोगमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपालले दोलखा सहित भुकम्प अति प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको वताईएको छ । केन्द्रले स्थानिय निकायको सहकार्यमा दोलखाका विभिन्न गाविसमा ४४ वटा सामुदायिक मेलमिलपा केन्द्रको स्थानपना गरी सकेको छ भने जिल्लामा ३ सय भन्दा बढि मेलमिलाप कर्ताहरुलाई तालिम प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई