2026-06-19 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

९२ वर्षीय वृद्ध साइकलमा हाट बजार गर्दा सबै चकित

2016-11-28

मङ्सिर १३, मोरङ । ९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला ? तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनु हुन्छ , लौरोको साहारामा भित्र बाहिर गर्छ । 

अथवा छोरा वा नातिको साहारामा बाँची रहेको हुन्छ । तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको विषयमा त्यस्तो जवाफ आए गलत हुन्छ । वृद्धमध्येका सुनाम एक अपवाद वृद्ध सावित भएर देखाउनु भएको छ । आफ्नो जीवनको उत्तरार्धमा दैनिक जीवनमा आइपर्ने घरायसी काम साइकल चढेर फत्ते गर्नु हुन्छ । 

उहाँ साइकल चढेर हाट बजार गर्नुहुन्छ । उहाँले २५ वर्षको उमेरमा साइकल चढ्नुभएको हो । घरमै आराम गरेर समय कटाउन, धार्मिक पुस्तक पढ्न र पारिवारिक भेटमा मात्र व्यस्त रहन उहाँलाई घर परिवारले आग्रह गर्छन् । तर उहाँ मान्नु हुन्न । 

गाउँ वरपर हुने सभा सम्मेलनमा पुगिहाल्नुहुन्छ उहाँ । यो उमेरमा साइकल कुदाएको देखेर जो कोही आचश्र्यचकित हुने गरेका छन् । घरमा बसिरह्यो भने खुट्टा दुख्छ, जीउ कट्कटी खान्छ त्यसैले साइकल कुदाउँछु, उहाँले भन्नुभयो । 

सुनामका अनुसार “साइकल कुदाएर डुल्यो भने वरपर के भइरहेको छ थाहा पनि हुन्छ । शरीर तन्दुरुस्त पनि हुन्छ ।” साइकल सरर कुदाएको हेर्दा जो कोही छक्क पर्ने गरेको सुनामको अनुभव छ । अचेल सवारीसाधनको चाप उच्च हुँदै गएपछि ९२ वर्षीय सुनाम साइकल र पदयात्रीका लागि अलग्गै सडक पेटी बन्नुपर्ने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ “सडक विस्तार भएको छैन । तर यातायातको साधन र जनसङ्ख्या बढेको बढ्यै छ । यस्तो अवस्थामा हामीजस्ता पाका साइकलयात्रीलाई दुर्घटनाको जोखिम बढेको छ ।” 

भोजपुर खावा–३ मा जन्मिनुभएका सुनाम २०३५ सालमा उर्लाबारी झर्नुभएको थियो । सकुञ्जेल साइकल कुदाइरहने उहाँको भनाइ छ । “साइकल मेरो साथी हो, नकुदाइ बस्न सक्दिन । आँट भएसम्मको ठाउँ पु¥याउन मदत गर्छ, उहाँले भन्नुभयो । हालसम्म उहाँले एक दर्जन साइकल फेरिसक्नु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ