2026-06-20 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

८१ प्रतिशत भुकम्प पिडितसँग अनुदान सम्झौता, ७१ प्रतिशतले पहिलो किस्ता पाए

2016-11-28

ताराबहादुर महत/मङ्सिर १३, दोलखा । राष्ट्रिय पुननिमार्ण प्राधिकरणले निजी आवास पुननिमार्णका लागि अनुदान सम्झौता र पहिलो किस्ता  रकम निकाशालाई तिव्रतापुर्वक अघि बढाएको छ । 

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले दिएको तथ्याङ्क अनुसार आज (मंसिर १३) सम्म भुकम्प अति प्रभावित १४ जिल्लामा ५ लाख ९ हजार २० (८१.३०५ )घरधुरीसँग अनुदान सम्झौता भएको छ । 

अनुदान सम्झौता भएका मध्ये ४ लाख ४४ हजार १ सय ८८ (७०.९५५ ) परिवारले पहिलो किस्ताको ५० हजार रुपिँयाका दरले रकम बुझिसकेको मन्त्रालयकी सहायक प्रवक्ता एवम सुचना अधिकारी मदन कोईरालाले जानकारी दिनुभयो । 

भुकम्प अति प्रभावित १४ जिल्ला मध्ये काठमाण्डौं उपत्यकाका तीन जिल्लामा पहिलो किस्ताको शुरु हुन सकेको छैन । भुकम्पबाट क्षतिग्रस्त आवास पुनिमार्णका लागि पहिचान गरिएका लाभगाहीहरुलाई बैंक मार्फत अनुदान वितरण गर्न पुनिमार्ण प्राधिकरणबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाहरुसँग २०७३ जेठ १७ गते सम्झौता भएको थियो । सम्झौता अनुसार स्थानिय र निकाय र बैंक तथा वित्तिय संस्थाहरुविच छलफल भई वित्तिय संस्थाहरुको क्लष्टरिङ गरी आफ्नो क्लष्टरमा परेका लाभग्राहीहरुलाई अनुदान वितरण भईरहेको छ ।

यसैबिच दोलखामा ४६ हजार ४ सय  ४४ घरधुरीसँग अनुदान सम्झौता भएकोमा ४५ हजार २ सय २१ परिवारले मात्र पहिलो किस्ताको ५० हजार रुपिँया बुझेका छन । दोलखामा ५१ हजार ७ सय ६२ घरधुरी लाभग्राहीको सुचीमा परेका छन भने २१ हजार ७ सय १२ जनाले आफ्नो घरधुरी लाभग्राहीको सुचीमा नपरेको भन्दै गुनासो दर्ता गरेका छन । 

त्यसैगरी रामेछापमा ४० हजार ९ सय ११, ओखलढुङ्गामा १८ हजार २ सय ३२ र सिन्धुपाल्चोकमा ७४ हजार ८ सय ७० घरधुरीसँग अनुदान सम्झौता भईसकेको छ भने क्रमस ः ३९ हजार ७ सय ५९, १७ हजार ८ सय ३६ र ७४ हजार १ सय ५२ घरधुरीले पहिलो किस्ताको ५० हजार रुपिँया बुझिसकेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ