2026-07-10 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका उन्नाइस व्यक्ति एचआइभी सङ्क्रमित

मङ्सिर १४, पर्वत । एचआइभी एड्सबाट जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ । 

तीमध्ये सात पुरुष र आठ महिला छन् । एड्स सङ्क्रमित हुने बालबालिका भने तीन जना छन् । जिल्ला अस्पतालले यही साउनदेखि तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको छ । सङ्क्रमितले अहिले निरन्तर निःशुल्क औषधि सेवन गरिरहेका छन् । जिल्लामा सबैभन्दा बढी २५ देखि ५० वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्स सङ्क्रमण देखिएको जिल्ला अस्पातालले जनाएको छ । 

यौनकर्मी महिलासँग असुरक्षित तरिकाले यौनसम्पर्क राख्ने व्यक्ति एचआइभी एड्सबाट बढी सङ्क्रमित भएको जिल्ला अस्पतालका प्रमुख डा फणीन्द्र बरालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी प्रवासमा लामो समय बसेर फर्केका व्यक्तिमा एड्स सङ्क्रमण बढ्दो रुपमा देखिएको छ । 

जोखिमयुक्त तरिकाले यौनसम्पर्क राख्दा प्रवासमा एड्सको सङ्क्रमण भएको र घरमा रहेका श्रीमती र बालबालिकालाई उनीहरुले नै एड्सको सङ्क्रमण गराएकोे उहाँको भनाइ छ । एचआइभी एड्सको सङ्क्रमण रोक्नका लागि जनचेतना बढ्दै जानुपर्ने बरालले बताउनुभयो । 

जिल्लामा वृद्धि भइरहेको एड्सको सङ्क्रमण न्यूनीकरण गर्न रोग जाँचलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न आवश्यक रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ