मङ्सिर १४, परासी । कुलतमा फंस्दै गलत ट्रेकमा हिडिरहेका युवाहरुको किनारा लगाउन युवा जमातले अभियान थालेको छ । पछिल्लो समयदेखि युथ जेनेरेशन लागु औषधमा लागि आफन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १४, परासी । कुलतमा फंस्दै गलत ट्रेकमा हिडिरहेका युवाहरुको किनारा लगाउन युवा जमातले अभियान थालेको छ । पछिल्लो समयदेखि युथ जेनेरेशन लागु औषधमा लागि आफन"/>

2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सामाजिक कुरिती हटाउन जुटे नवलपरासीका युवा


मङ्सिर १४, परासी । कुलतमा फंस्दै गलत ट्रेकमा हिडिरहेका युवाहरुको किनारा लगाउन युवा जमातले अभियान थालेको छ । पछिल्लो समयदेखि युथ जेनेरेशन लागु औषधमा लागि आफनो भविष्य अन्धकारमा धकेलिरेको हुनाले त्यस्ता युथहरुलाई सहि ट्रेकमा ल्याउन युवाहरुले अभियान थालेका हुन् । 

चेतनाको दृष्टिकोणले निकै पछाडी परेको नवलपरासी जिल्लाको ग्रामिण क्षेत्रमा लागु औषध तर्फ बढदो युवा जमातहरुलाई सहि बाटोमा ल्याउन विभिन्न खालको जनचेतना मुलक कार्यक्रमहरु गरिदै आइएको मधेश युवा उत्थान विकास मञ्चका अध्यक्ष धिरज त्रिपाठीले बताउनु भयो । 

तमलोपा बरिष्ठ उपाध्यक्ष ह्देश त्रिपाठीका भतिजो रहेको धिरज त्रिपाठीले जनचेतनाकै कारणले यस क्षेत्रमा महिला हिंसा, नरबलि, हत्या, रेपकेस, चोरी तस्करी मानव बेचविखन र लागु औषधको प्रयोग तथा ओसारपोसार जस्ताका विभिन्न घटनाहरु घटदै आएको बताउनु भयो । बेरोजगार युवाहरु काम नपाएर कुलतमा फंस्दै गएछन् । देशको मुख्य जनशक्ति युवा जमात यसरी कुलतमा फंस्ने र बेरोजगारीका कारण विदेश पलायन हुदै गए भने देशको विकास असम्भव देखिएको अध्यक्ष त्रिपाठीले धारणा राख्नु भयो । 

सरकारले जसरी शिक्षामा बृहत लगानी गर्दै आएछ त्यसरीनै युथ सरकललाई देशमै श्रम गर्नेगरि रोजगारीको वातावरण श्रृजना गर्न आवश्यक छ । जिल्लामा बढदै गएका मानव बेचविखन, लागु औषधको प्रयोग, हत्या र चोरी तस्करीका घटनाहरुलाई न्युनिकरण गर्न विभिन्न खालको जनचेतना मुलक कार्यक्रमहरु गरिदै छ भने गरिबी निवारणका लागि शिप मुलक तालिम, युवाहरुको सुचनामा पहुँच, युवा क्षमताको विस्ता र जिल्लाका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार जस्तो लक्ष्य बोकी यस यस मन्चले काम गर्दै आएको मञ्चका सचिव युवराज मौर्यले बताउनु भयो । 

मञ्चले आर्सेनिक पाईएको विभिन्न गाविसहरुमा विशुद्ध खानेपानीको व्यवस्था मिलाईएको छ भने कुलतमा फंसेका युवाहरुलाई जनचेतना मुलक कार्यक्रम, विद्यार्थीहरुलाई स्टेशनरी वितरण, वृद्ध तथा एकल महिलाहरुलाई राहत सामाग्री वितरण र गाउगाउँमा अन्तरकृया कार्यक्रम समेत गर्दै आइएको छ । 

सन २०६९ सालमा जिल्लाभरि कार्यक्षेत्र तोकि स्थापना भएको यस युवा मञ्चले गरिब तथा विपन्न परिवारका छोरीहरुको विवाह गराउने, महिलाहरुलाई शिलाई कटाई तालिम दिने, सरसफाईमा जनसहभागिता बढाउने, वातावरण संरक्षण गर्ने, चेलीबेटी बेचविखन रोकथाम गर्ने, युवा पुस्तालाई सहि मार्गदर्शनमा ल्याउने, लागु औषधको न्युनिकरणका लागि जनचेतना जगाउने, गरिवी निवारणका लागि युवाहरुलाई शिपमुलक तालिमको व्यवस्था मिलाउने संस्थाको आगामी लक्ष्य रहेका मञ्चका अध्यक्ष त्रिपाठीले बताउनु भयो । 

 बिनाकुनै व्यक्तिगत स्वार्थ आफनो व्यक्रिगत लगानीमा यस संस्थाले विगतका वर्षहरुदेखि नै समाजका हकहितमा काम गर्दै आएको स्थानिय युवा हरि ज्ञवालीले बतउनु भयो । ज्ञवालीका अनुसार छरिएर बेरोजगार युवाहरुलाई शिपमुलक तालिम दिई विभिन्न उद्योग तथा संघसंस्थाहरुमा रोजगार समेत दिलाउने काम यस संस्थाले गर्दैआएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता