पढ्न करिब 1 मिनेट लाग्छ


स्थानीयवासीमाझ कुमार विक भनेर चिनिने अन्दाजी ५२ वर्षका ती पुरुषको वास्तविक नाम र ठेगाना खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
यता, भक्तपुरको सूर्यविनायकमा आकाशे पुलमुनि आजै करिब ५५ वर्षकी एक महिला मृत अवस्थामा भेटिएकी छिन् । उनको पनि नाम र ठेगाना खुल्न सकेको छैन ।
प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले दुबै शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको जानकारी दिनुभएको छ ।















