ताराबहादुर महत/मङ्सिर १४, दोलखा । विद्युत चोरी गरीरहेका एक व्यक्तिलाई दोलखा प्रहरीले पक्राउ गरी नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र चरिकोटमा बुझाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको ठुलोपाखर घर भई भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा टहरो बनाई बसेका चरिबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

हिजो (मंसिर १३) पक्राउ गरी आज प्राधिकरणमा बुझाएकोमा प्राधिकरणले तामाङबाट अभियोग बापत ३ हजार ८ सय ७ रुपिँया जरिवाना अशुल उपर गरी छाडिएको प्रहरीले जनाएको छ । तामाङलाई विद्युत चोरी गरीरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका कर्मचारी र जिल्ला प्रहरी कार्यालय चरिकोटबाट खटिएको संयुक्त टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण गरी राखेको थियो ।

November 29, 2016
दोलखा - DLKH, समाज
विद्युत चोरी गरीरहेको अवस्थामा एक ब्यक्ति पक्राउ
By kit
2 मिनेट पढाइ