महिला माथि हुने सबै खालको हिंसा रोक्न महिला पुरुष दुबैको दुबैको भुमिका महत्वपूर्ण

सन्तोषकुमार गुप्ता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महिला माथि हुने सबै खालको हिंसा रोक्न महिला पुरुष दुबैको दुबैको भुमिका महत्वपूर्ण

सन्तोषकुमार गुप्ता "/>

2026-07-25 10:27 AM
दाङ्ग - DNG

देउखुरीमा पनि महिला हिंसा विरुद्धको सोह्र दिने अभियान जारी

महिला माथि हुने सबै खालको हिंसा रोक्न महिला पुरुष दुबैको दुबैको भुमिका महत्वपूर्ण

सन्तोषकुमार गुप्ता । मंसिर, १४ देउखुरी । महिला माथि  हुने सबैको खाले हिंसा रोक्न स्वम् महिला पुरुषको नै भुमिका महत्वपूर्ण हुने देउखुरीको भालुवाङमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङगिक हिंसा रहित समाज” भन्ने मुल नाराका साथ सञ्चालन भईरहेको महिला हिंसा विरुद्धको सोह्र दिने अभियान अन्र्तगत मंगलबार देउखुरीको आँपखोली टोल भालुवाङमा आयोजित अन्र्तक्रिया कार्यक्रमका बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

   

लालमटिया गाविस स्तरिय महिला सञ्जालको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिला माथि हुने सवै खाले हिंसा रोक्न घर परिवारबाटै अभियानको सुरुवात गर्नु पर्ने र सरोकारवालाहरुले समेत ध्यान दिनु पर्ने बताएका थिए । उनीहरुले संविधानमा भएका कानुनमा समेत कडाइ गर्नु पर्ने बताएका थिए । महिला संञ्जालकी अध्यक्ष सरस्वता पोख्रेलको अध्यक्षता एवम् जेष्ठ महिला सुनमाया नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने सहभागी बक्ताहरुले अधिकार मागेर नपाए खोसेरै भए पनि लिनु पर्ने र त्यसका लागि महिला पुरुष सबैको सहयोग हुनुपर्ने समेत बताएका थिए ।

 

महिला सञ्जालकी सदस्य मिना थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका पदमबहादुर पुन, नेकपा एमालेका शोभाकर भुसाल, नेकपा माओवादी केन्द्रका प्रेमबहादुर खत्री, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, फोरम लोकतान्त्रिककी लक्ष्मी गिरी, आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीकी सदस्य शुशिला केसी, वार्ड नागरिक मञ्चका संयोजक चन्द्रप्रकाश आचार्य, भिकुटी महिला विकास बचत तथा ऋण समितीकी सदस्य गोमाया केसी, पत्रकार सन्तोषकुमार गुप्ता र महिला सञ्जालकी सदस्य पूर्णिमा आचार्य लगायतका शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्जालकी सचिव मेनुका शर्माले गरेकी थिईन् । 

देउखुरीको सिसहनियाँमा पनि महिला हिंसा न्युनिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

महिला तथा बालबालिका कार्यालय दाङकी साहायक महिला विकास निरिक्षक जिवनकुमारी जिसीले महिला हिंसा न्युनीकरण गर्न घर परिवारबाटै सचेतना अपनाउन जरुरी रहेको बताएकी छिन् । “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङगिक हिंसा रहित समाज” भन्ने मुल नाराका साथ सञ्चालन भईरहेको महिला हिंसा विरुद्धको सोह्र दिने अभियान अन्र्तगत मंगलबार देउखुरीको सिसहनियाँमा आयोजित महिला हिंसा न्युनिकरण विषयक अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै सो कुरा बताएकी हुन् ।

 

महिला सञ्जाल सिसहनियाँ, विहानी रेडियो श्रोता समुह लठ्ठहवा, जनप्रिय रेडियो श्रोता समुह कालापानी, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था पिपरी, सामुदायिक मेलमिलाप केन्द्र सिसहनियाँ र महिला ससक्तिकरण समुहको संयुक्त आयोजना एवम् सिसहनियाँ गाविस, सेर्लड र सिभिट नेपालको सहयोगमा सिसहनियाँ गाविसमा भएको कार्यक्रममा बोल्दै जिसीले अधिकाशं हिंसाहरुमा विभिन्न बाहानामा कुटपिट, दाइजो, बोक्सीको आरोप, छोरा छोरी बिचको विभेद रहेको बताउदै त्यसका लागि महिलाहरु जागरुक भई हिंसा विरुद्घ अभियान थाल्नु पर्ने र कहिकतै हिंसामा परेको खण्डमा नजिककैको प्रहरी कार्यालय वा सम्बन्धीत निकायमा उजुरी गरे केहि हद सम्म महिला हिंसा कम हुने बताइन् । उनले महिला हिंसालाई जरै देखि उन्मुलन गर्न समाजका महिला र पुरुष दुवैलाई लैंगिक हिंसाले समाजमा निम्ताउने समस्या र कानुनी प्रकृया र सचेतना नअपनाउदा सम्म महिला हिंसा अन्त्य नहुने भएको हुँदा पनि यसका लागि सवै सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताइन् ।


महिला सञ्जालकी अध्यक्ष यशोदा चौधरीको अध्यक्षता एवम् सिसहनियाँ गाविस वोर्ड सदस्य शान्तराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी चौकी सिसहनियाँका प्रहरी साहयक निरिक्षक धर्मबहादुर खड्का, यातना पिडित सरोकार केन्द्र सिभिटका रमा श्रेष्ठ, सामुदायिक मेलमिलाप केन्द्रका संयोजक परशुराम चौधरी, विहानी रेडियो श्रोता समुह लठ्ठहवाका सहजकर्ता विनिता चौधरी र महिला ससक्तिकरण समुहका बेलमती चौधरी लगायतका वक्ताहरुले बोलेका थिए । महिला सञ्जालकी उपाध्यक्ष तारा घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सामुदायिक सञ्चारकर्मी ओमप्रकाश गुप्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक