2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको बजारमा खाद्यान्नको मूल्य स्थिर, तरकारीमा बृद्धि

पंकज धामी/मङ्सिर १५, दार्चुला । दार्चुलाको बजारमा विगत भन्दा तरकारीको मूल्यमा बृद्धि भएको छ । भारतीय सीमावर्ती बजार दार्चुलामा पछिल्लो समय भारतीय रुपैँया पाँच सय र एक हजारको रुपैँया बन्द भएपछि भारतीय बजारबाट आयात हुने तरकारी र नुनको मूल्य बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका दार्चुला बजार मूल्य संकलक केशवराज जोशीका अनुुसार मंसिर ११ गते संकलन गरिएको बजार मूल्य बृद्धि भएको पाईएको छ । तरकारी जन्य बस्तुमा पाँच देखि १० रुपैँयाले मूल्य बृद्धि भएको हो ।

यो भन्दा पहिले आलुको बजारमूल्य ३५ रुपैँया रहेकोमा हाल पाँच रुपैयाँ बढेर प्रतिकेजी ४० रुपैँया निर्धारण गरिएको छ । त्यसैगरी प्याज ८० रुपैँया गोलभेडा ८० रुपैँया, गोबी ४० रुपैँया, खुर्सानी एकसय रुपैँया प्रतिकिलोग्राम मूल्य निर्धारण गरिएको छ ।

त्यसैगरी भारतीय नुनमा पनि पाँच दखि १० रुपैँया प्रतिकिलोग्राम मूल्य बृद्धि भएको छ । तर खाद्यान्नमा भारतीय बजारमा मूल्य केही घटेको भएपनि नेपालीबजारमा खाद्यान्नको मूल्य भने स्थिर रहेको छ । दार्चुला सदरमुकाम खलंगा बजारमा बढीजसो भारतीय सामान विक्री वितरण हुने गरेको छ । तर भारतमा मूल्यमा उतार चढाव आएपछि यसको प्रभाव नेपालमा पनि पर्ने र नेपाली बजारमा मूल्य भने कुनै तलमाथी नहुने गरेको पाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई