सुवास विसी/मङ्सिर १५, पाल्पा । विनु पुलामी मगरको घटनालाई लिएर मंगलबार महिलाहरुले नारा, ¥याली सहित महिला तथा बालबालिका कार्यालय पाल्पामा धर्ना दिएका छन् । महिला मार्न पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुवास विसी/मङ्सिर १५, पाल्पा । विनु पुलामी मगरको घटनालाई लिएर मंगलबार महिलाहरुले नारा, ¥याली सहित महिला तथा बालबालिका कार्यालय पाल्पामा धर्ना दिएका छन् । महिला मार्न पा"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

महिला हिंसा विरुद्ध अभियानमै महिला कार्यलयद्धारा माफि

२०७३, १५ मंसिर बुधबार ०२:१९

सुवास विसी/मङ्सिर १५, पाल्पा । विनु पुलामी मगरको घटनालाई लिएर मंगलबार महिलाहरुले नारा, ¥याली सहित महिला तथा बालबालिका कार्यालय पाल्पामा धर्ना दिएका छन् । महिला मार्न पाइदैन, महिला कार्यालय चाहिदैन, महिला हिंसा बन्द गर, हत्यारालाई कारवाही गर जस्ता नारा लगाउदै महिलाहरु महिला तथा बालबालिकाको कार्यालय पुगेका थिए ।

घरेलु हिंसामा परेकी विनुले गत भदौ ३१ गते महिला तथा बालबालिका कार्यालयमा मौखिक उजुरी दिएपनि महिला कार्यालयले सम्झाइ बुझाइ मात्र गरेर पठाएको र महिला कार्यालयले महिलाको हक अधिकारको बेवास्त गरेका भन्दै महिलाहरु आन्दोलित भएको बताएका छन् । 

विनुले उजुरी दिएपछि महिला तथा बालबालिका कार्यालयले प्रक्रिया अगाडि बढाएको भए यो उनलाई बचाउन सकिने आन्दोलनमासंगै रहेका भाइ भद्र बहादुर पुलामीले गुनासो गर्नुभयो ।

महिलाहरुले दिनभरी नारा सहित महिला तथा बालबालिकाको कार्यालयमा धर्ना दिएपछि कार्यालयले लिखित पत्र सहित माफी मागेको छ । महिला तथा बालबालिका कार्यालयकी कार्यालय प्रमुख तुल्सा अर्यालले विनुले भदौ ३१ गते मौखिक उजुरी ल्याएको र ५ दिनपछि आउन भनि सम्झाइ बुझाई गरेर पठाएको तर उनी पछि कार्यालयमा उजुरी लिएर नआएको बताउनुभयो । 

अर्यालले अबका दिनहरुमा यस्ता घटनामा संवेदनशील भएर काम गर्ने र दोहोरीन नदिनका लागि कार्यालयले सक्रीय भएर काम कारवाही अगाडी बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यालय मार्फत अर्यालले विनु पुलामीको घटना प्रति दुःख व्यक्त गर्दै धर्ना बसेका महिलाहरु समक्ष लिखित तथा मौखिक रुपमा आम माफी माग्नु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो