मङ्सिर १५, भक्तपुर । चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट छ जना बालश्रमिकको उद्धार गरिएको छ भने एक जना यहाँका नाइकेलाई पक्राउ गरिएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १५, भक्तपुर । चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट छ जना बालश्रमिकको उद्धार गरिएको छ भने एक जना यहाँका नाइकेलाई पक्राउ गरिएको छ ।&nb"/>
2026-07-09 04:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरका इँटा भट्टाबाट बालश्रमिकको उद्धार, एक पक्राउ

2016-11-30

मङ्सिर १५, भक्तपुर । चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट छ जना बालश्रमिकको उद्धार गरिएको छ भने एक जना यहाँका नाइकेलाई पक्राउ गरिएको छ । 

इँटा भट्टामा बालश्रमिकका रुपमा कार्यरत रोल्पा जुगार–५ घर भएका १४ वर्षीय थमन परियार, सोही ठाउँका १४ वर्षीय गणेश परियार, १४ वर्षीया मिनु परियार, १५ वर्षीय दिनु परियार, १२ वर्षीया सुष्मा परियार, रोल्पा गैरीगाउँ– ५ का १६ वर्षीय शिवराज घर्तीको उद्धार गरिएको हो । 

भट्टाका नाइके रोल्पा जिल्ला जगार–५ स्थायी घर भएका लोकबहादुर नेपालीले बालबालिकाको परिवारलाई जानकारी नै नदिई बालबालिकालाई ल्याएर इँटा भट्टामा श्रममा लगाउने गरेको पाइएपछि भक्तपुर प्रहरीले नेपालीलाई पक्राउ गरेको छ । 

बालबालिका खोजतलास केन्द्र भृकुटी मण्डपको संयोजकत्वमा महानगरीय प्रहरी परिसर भक्तपुर, जिल्ला प्रशासन कार्यालय भक्तपुर, महिला विकास कार्यालय भक्तपुर, मानव अधिकारसँग सम्बन्धित निकायका प्रतिनिधिसहितको रोहवरमा ती बालबालिकाको उद्धार गरिएको हो । 

गाउँमा परिवारलाई जानकारी नै नदिई बालबालिकालाई ललाइफकाइ गरेर इँटा भट्टा सञ्चालकसँग बढी रकम लिएर बालबालिका श्रममा लगाउने गरेको पाइएको केन्द्रका सन्तोष पोखरेलले जानकारी दिनुभयो । 

बालबालिकाका परिवारले प्रहरी र केन्द्रमा आफ्ना छोराछोरी हराएको उजुरी गरेपछि खोजी गर्नेक्रममा इँटा भट्टामा बालश्रमिकका रुपमा राखेको पाइएको केन्द्रले जानकारी दिएको छ । उद्धार गरिएका बालबालिकालाई उनीहरुको परिवारको जिम्मा लगाइने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो