मंसिर १६ पर्वत ।  चिसो मौसम शुरुभएसँगै सवैले आआफ्नो लागि र परिवारको लागि तातो र न्यायो कपडाको जोहो गरिसकेका छन् । हुनेले दुइ चार जोर नयाँ तातो कपडा किनेका छन् भने नहुनेले पनि          पुरानै तातो लुगा कपडा लगाउएर भएपनि जाडोब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १६ पर्वत ।  चिसो मौसम शुरुभएसँगै सवैले आआफ्नो लागि र परिवारको लागि तातो र न्यायो कपडाको जोहो गरिसकेका छन् । हुनेले दुइ चार जोर नयाँ तातो कपडा किनेका छन् भने नहुनेले पनि          पुरानै तातो लुगा कपडा लगाउएर भएपनि जाडोब"/>
2026-07-10 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदीबेणीका बृद्धाहरुलाई ३० हजार बराबरको न्यानो कपडा

2016-12-01

मंसिर १६ पर्वत ।  चिसो मौसम शुरुभएसँगै सवैले आआफ्नो लागि र परिवारको लागि तातो र न्यायो कपडाको जोहो गरिसकेका छन् । हुनेले दुइ चार जोर नयाँ तातो कपडा किनेका छन् भने नहुनेले पनि          पुरानै तातो लुगा कपडा लगाउएर भएपनि जाडोबाट बच्नको लागि तयारी गरिरहेका छन् ।
    मोदीवेणी धाममा रहेका बृद्धाहरुसँग भने न त नयाँ तातो न्यानो कपडा जोहो गर्ने खर्चनै छ न त पुरानै बाक्ला र न्याना कपडानै
 जाडो कसरी फाल्ने भन्ने पीरले सताइरहेको बेलामा एकता युवा क्लबकी उपाध्यक्ष मैना गुरुङले भने बृद्धबृद्धाहरुको जाडोलाई न्यानो बनाउने काम गरेकी छिन् ।  गुरूङले आफ्नी आमाको स्मृतिमा मोदीबेणी दिव्यधाममा  रहेका  १५ जना बृद्द आमाहरूकोलागी ३० हजार बराबरको न्यानो ओछ्यान हस्तान्त्रण      गरेकी हुन् ।
    आफ्नो आमा लामो समयदेखी बिरामी परी बस्दा मोदीबेणी जाने ईच्छा गरेकोे तर त्यो ईच्छा  पूरा नसकेकोले आमाको सम्झनामा आफुले मोदीबेणी धाममा रहेका बृद्धाहरुलाई जाडोको लागि न्यानो कपडा हस्तान्तरण गरेको बताईन । उनले बृद्धाहरुको लागि डसना, कम्मल लगायतका समाग्री एक कार्यक्रमका विच हस्तान्तरण गरेकी हुन् ।
    कार्यक्रममा प्रमुख अतिथि क्लवका संस्थापक सल्लाहकार एबम शिक्षा बिद बसन्तबहादुर सि.केले जाडोमा बृद्द आमाहरूलाई यसरी हयोग         गरेकोमा धन्यबाद दिदै क्लबका हरेक रचनात्मक कार्यमा सम्लङन हुन आग्रह गरे । उनले एकता क्लब जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रर्वद्धन र विकासको लागि मात्रै नभई शैक्षिक तथा मानविय साहयेता समेत गर्दै आएको बताउँ दै आगामी दिनमा पनि क्लबले यस्तै रचनात्मक क्रियाकलाप गर्नेमा आफु  विश्वस्त रहेको बताए ।
    मोदीबेणी दिब्य धामका अध्यक्ष गोपालदास बैरागी, क्लवका संस्थापक सल्लाहकार समाजसेबी कमलनाथ पोख्रेल लगायलते शुभकामना  मन्तव्य राखेका थिए ।
    जिबिस उर्जा अधिकृत तथा क्लबका सदस्य मन्जु सिलाकार,मानब अधिकार संगठन पर्बतका अध्यक्ष हरीनारायण रेग्मी ,उवासंघका सदस्य राजु पौडेल दिब्यधाम समितिका सदस्य पदाधिकारी क्लबका संस्थापक अध्यक्ष बिक्रम केसी लगायतका सहभागीता रहेको थियो ।
    क्लबका अध्यक्ष अच्युत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिब गोकुल चापागाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो