2026-07-10 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

दुर्गामी महत्व राख्ने योजना अघि सार्न जिविसलाइ सुझाव

नन्दराम जैशी, मंसिर १६, जुम्ला । दुर्गामी महत्व राख्ने योजनाहरु अघि सार्न जुम्लावासीले जिल्ला विकास समितिलाई सुझाव दिएका छन् । कनिका छराइ बजेटबाट जुम्लाको विकास नहुने भन्दै उनिहरुले महत्वकांक्षी योजना अघि सार्न जिविसलाइ सुझाव दिएका हुन् । आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि पूर्व योजना तर्जुमा तयारी गोष्ठिका सहभागिहरुले यस्तो बताएका थिए । परिषदका १४ चरण मध्ये ३ चरण अन्तर्गत बुधबार आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि पूर्व योजना तर्जुमा तयारी गोष्ठिको आयोजना गरिएको थियो ।   

गोष्ठिमा बाल्दै स्थानीय विकास अधिकारी हरिनारायण वेलबासेले समुदायलाई लक्षित गरि योजना तथा कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । काम गर्दे जाँदा गल्ती हुने भएकाले सजग गराउन आग्रह गर्दे उहाँले असारमा हुने विकासले गति लिन नसक्ने बिचार राख्नु भयो । गाउँ परिषद हुँदै जिल्ला परिषद सम्म आईपुग्दा योजनाको चाँक लाग्ने भन्दै वेलबासेले सिमित रकमले सबै योजना सम्पन्न हुन नसक्ने बताउनु भयो ः

त्यस्तै रेडियो कर्णालीका स्टेशन म्योनजर गोर्खवहादुर थापाले जुम्लाको विकासका लागि दुर्गामी योजनाले मात्र विकासको फड्को मार्न सक्ने धारणा राख्नु भएको थियो । जुम्लामा नमुनाको योजना तथा कार्यक्रम नभएको उल्लेख गर्दे उहाँले बजेट सकाउनको लागि मात्र छलफल गर्न अर्थ नहुने जिकिर गर्नु भयो । यसैगरि, गैर सरकारी संस्था महासंघ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जिल्लाको विकासको लागि स्पष्ट खाँका नभएको बताउनु भयो । 

सबैलाई चित्त बुझाउने हिसाबले योजना वितरण गर्दा खोजे जतिको प्रतिफल हात नलाग्ने उहाँको भनाइ छ । पाण्डेका अनुसार विगत वर्षमा संचालन भएका योजनाको समिक्षा गर्दे आगामि वर्षको लागि निती तथा कार्यक्रम प्रस्ताव गर्नु पर्ने बिचार राख्नु भयो । पूर्व योजना तर्जुमा तयारी गोष्ठिको सहजिकरण गर्दे जिल्ला विकास समिति जुम्लाका वरिष्ठ कार्यक्रम अधिकृत क्षेत्रवहादुर बुढथापाले जिल्लाको विकासको लागि सबैले रचनात्मक सहयोग गर्नु पर्ने बताउनु भयो । 

आगामि आर्थिक वर्षका लागि जुम्लाका २६ वटा गाविसमा चालु अनुदान तर्फ ७ करोड ५० लाख प्रस्ताव गरिएको बताउनु भयो । यस्तै जिल्ला विकास समिति जुम्लाको लागि चालु अनुदानतर्फ ४ करोड ३२ लाख १४ हजार प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । बुढथापाका अनुसार गाउँ परिषद गर्दा वडा भेला गराई गाउँ स्तरमा गठन भएका वडा नागरिक मंच मार्फत बस्ती र टोलबाट प्राथमिकताका आधारमा योजना छनौट गर्नु पर्ने बताउनु भयो ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो