2026-07-10 03:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलालाई केन्द्रबिन्दु बनाई शक्तिशाली भूकम्प

मङ्सिर १६, दार्चुला | दार्चुला जिल्ला सदरमुकामदेखि १५ किलोमिटर उत्तर पश्चिम भूभागलाई केन्द्रबिन्दु बनाई ५.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ | जुन भूकम्प पश्चिम नेपालको यो बर्षकै सबैभन्दा ठूलो भूकम्प हो  |

बिहिबार राति करिव १०:३९ बजे (अपडेट) आएको भूकम्पको सुदुरपश्चिमका अधिकांश जिल्लामा धक्का महशुस गरिएको हाम्रा संचारकर्मीहरुले बताएका छन् | त्यस्तै कर्णाली अंचलका पश्चिमी जिल्लाहरुमा पनि आजको भूकम्पको धक्का महशुस गरिएको छ | त्यस्तै नेपालको सुदुरपश्चिमसँग सिमानामा जोडिएका सिमावर्ती भारतीय जिल्लाहरुमा पनि धक्काको महशुस गरिएको छ | 

गत बर्ष बैशाख १२ गतेपछी भूकम्पको पराकंप आउने क्रम अझै रोकिएको छैन तर आज दार्चुलालाई केन्द्रबिन्दु बनाई आएको भूकम्प भने पराकंप नभई नयाँ भूकम्प भएको भूकम्प मापन केन्द्रले साझा सबाललाई जानकारी दिएको छ | 

नेपालको पश्चिमी भूभागलाई केन्द्रबिन्दु बनाई २०७३ सालमा मात्र ४ रेक्टर माथिको ८ ओटा भूकम्प गएको छ | जसमध्ये बझांगमा ५ पटक, कालिकोटमा १, बाजुरामा १ र दार्चुलामा १ (आज) रहेका छन् | 

गत सोमबार पनि सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाई ५.६ रेक्टरको भूकम्पको पराकम्पन गएको थियो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो