2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका आगलागी पीडितलाई राहत सामग्री

मङ्सिर १७, खोटाङ । आगलागीबाट विस्थापित खोटाङका दुई परिवारलाई खाद्यान्न, त्रिपाल र ओढ्ने ओछ्याउने कपडा प्रदान गरिएको छ । 

गत मङ्सिर ३ गते केटाकेटीले खेलाउँदा सल्किएको आगोले घर तथा बन्दोबस्तीका सामान जलेपछि बिस्थापित बनेका दक्षिणी गाविस सुन्तले–८ का ललितबहादुर मगर र पदमबहादुर मगरको परिवारलाई ३० केजीको एक÷एक प्याक चामल, पाँच÷पाँच थान त्रिपाल, चार÷चारवटा डसना र पाँच÷पाँचवटा ब्ल्याङ्केट प्रदान गरिएको हो । 

आगलागीबाट बिचल्लीमा परेका परिवारलाई काँग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईको नेतृत्वमा काँग्रेस नेता तथा कार्यकर्ताले गाउँमै पुगेर राहत सामग्री हस्तान्तरण गरेको स्थानीय शिक्षक अर्जुन मगरले बताउनुभयो । उनीहरुलाई काँग्रेस नेताको टोलीले थप एक÷एक थान सोलार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

पदमबहादुरको गोठ नजिकै थुपारिएको परालबाट सुरु भएको आगोले आँगन जोडिएका दुवै घर जलेका थिए । आगलागीमा ललितबहादुरको ४० तोला चाँदी, २५ हजार नगद तथा घरमा भएका सबै सामान जल्दा रु १५ लाख ४८ हजार र पदमबहादुरको नगद रु १० हजार र घरभित्र भएका सबै थोक जल्दा रु ११ लाख ८९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई