प्रकाश बम/मंसिर १८, डोटी । बालविबाह बिरुद्ध डोटीमा शुक्रबार देखि बालिका सम्मेलन शुरु गरीएको छ । महिला तथा बालबालिकामाथि हुने हिँसा बिरुद्धको १६ दिने अभियानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम/मंसिर १८, डोटी । बालविबाह बिरुद्ध डोटीमा शुक्रबार देखि बालिका सम्मेलन शुरु गरीएको छ । महिला तथा बालबालिकामाथि हुने हिँसा बिरुद्धको १६ दिने अभियानक"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

बालबिवाह बिरुद्ध बालिका सम्मेलन डोटीमा शुरु

२०७३, १८ मंसिर शनिबार ०२:४१


प्रकाश बम/मंसिर १८, डोटी । बालविबाह बिरुद्ध डोटीमा शुक्रबार देखि बालिका सम्मेलन शुरु गरीएको छ । महिला तथा बालबालिकामाथि हुने हिँसा बिरुद्धको १६ दिने अभियानको अबसरमा शुक्रबार एक औपचारीका कार्यक्रमका बिच सिलगढीमा सम्मेलनको उद्धघाटन गरीएको हो ।

उद्धघाटन कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै जिल्ला नायधिस नर नारायण पौडेले बाल बिवाहका मुद्धा जिल्लामा खासै नआएको बताए । मुद्धा नआए पनि वाल बिबाह न्युनिकरणका लागि सबैले लाग्नु पर्ने न्यायधिस पौडेलले बताए । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले यस्ता कार्यक्रम सदरमुकाम मुखि नभएर गाउँ मुखि हुनु पर्नेमा जोड दिएका थिए । बाल बिबाह बिरुद्धका घटनालाई  अब कसैले प्रसय दिन खाजे स्वयम ब्यक्ति नै कानुनको दायरामा फस्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सोहि कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकारी कृष्ण प्रसाद गौतमले बाल बिवाह हुनु नै प्रगतिको मुख्य बाधक भएको बताए । 

वालिका सम्मेलनले बालविबाह न्यूनिकरण गर्नका लागि केहि सहयोग पुग्ने महिला तथा वाल बालिका कार्यलय डोटीका प्रमुख निर्मला दाहलले बताए । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष मिन बमले बाल बिवाह घटनाहरु बाहिर आए पनि सम्बन्धित निकायले दर्ता नगरी मिलोमतो गरेर पठाउने गरेको गुनासो पोख्नु भयो । 


महिला तथा बालबालिका बिभाग सँगको सहकार्यमा हाल नेपालका दुई जिल्ला कपिलवस्तु र डोटीमा यो कार्यक्रमम भएकाले यसले वाल बिबाह निर्मुल गर्न यस जिल्लालाई ठुलो मदत पुग्ने युवालयका अध्यक्ष संजोक ठकुरीले बताए । 

‘सक्षम बालिका: समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ शुक्रबार देखि शुरु गरीएको सम्मेलन तिन दिनसम्म जिल्लाको सदरमुकाम सिलगढीमा चल्ने छ । सम्मेलनको अबसरमा जिल्लामा सडक नाटक,फुटबल, कबिता,साँस्कृतिक कार्यक्रम,बाल विवाह बिरुद्धको वृतचित्र प्रर्दशनि लगाएका कार्यक्रमहरु गरीने आयोजकले जनाएको छ ।

महिला तथा बालबालिका कार्यलय डोटीको आयोजना, सामुदायिक विकास केन्द्र र युवालयको समन्वय तथा युनिसेफ,युके आईडिको सहयोग तथा बिभिन्न दातृ निकायहरुको सहयोगमा  सम्मेलन शुरु गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ