मंसिर १८, रामेछाप । आज २५ औं विश्व अपांगता दिवस, नेपाल पनि विविध कार्यक्रमगरी यो दिवस मनाईंदै छ । विशेषतः अपांगताको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले आज विविध चेतनामुलक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १८, रामेछाप । आज २५ औं विश्व अपांगता दिवस, नेपाल पनि विविध कार्यक्रमगरी यो दिवस मनाईंदै छ । विशेषतः अपांगताको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले आज विविध चेतनामुलक "/>

2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

२५ औँ अपांगता दिवस रामेछापमा पनि मनाईयो

मंसिर १८, रामेछाप । आज २५ औं विश्व अपांगता दिवस, नेपाल पनि विविध कार्यक्रमगरी यो दिवस मनाईंदै छ । विशेषतः अपांगताको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले आज विविध चेतनामुलक कार्यक्रमहरु आयोजना गरेका छन् ।

यसैबिच आज २५ औं अन्तराष्ट्रिय अपांगता दिवस, रामेछापमा पनि एक कार्यक्रम गरी मनाईंएको छ । ‘हाँसिल गरौ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौ हामीले चाहेको भविष्य  भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।

शनिबार बिहान महिला तथा बालबालीका कार्यलय रामेछापको आयोजना तथा जिल्लामा अपांगताको क्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्थाहरुको समन्वयमा निकालिएको ¥यालि मन्थली बजार परिक्रमा गरी जिल्ला बिकास समीतीको प्रांगणमा पुगी औपचारीक कार्यक्रममा परिणत भएको थियो ।

महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

महिला विकास अधिकृत अधिकारीले अपाङ्गता भएका व्याक्तिले मात्रै हकअधिकार नखोजी आ–आफ्नो क्षेत्रबाट सबै क्षेत्रका व्यतीहरुले उनीहरुको हक हितका बारेमा वकालत गर्नु सबैको  दायित्व रहेको बताउनु भयो ।

कार्यक्रममा प्रजिअ अधिकारी, स्थानिय बिकास अधिकारी दिनेशराज पन्त, जिल्ला स्थीत राजनैतिक दलका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेल, गैरसरकारी सस्था महासंघ रामेछापका अध्यक्ष मिलन घिसिङ लगायतले अपांगता भएका ब्यक्तीहरुको हक अधिकारको लागी निरन्तर लागी पर्ने बताउनु भयो । 

कार्यक्रममा उपस्थीत अपांगता भएका ब्यक्तीहरुले आफुहरुलाई सार्वजनिक यातायातका साधनहरुले छुट नदिएको, सरकारी कार्यालयहरु अपांग मैत्री नभएको लगाएतको गुनासो गरेका थिए ।

नेपालमा करिब ३० लाख अपांगता भएका व्यक्तिहरु भएको तथ्यांकले देखाएको छ । अपांगताका क्षेत्रमा काम गर्न विभिन सरकारी र गैरसरकारी क्षेत्र क्रियाशिल रहेपनि आपंगताको क्षेत्रमा खासै परिवर्तन हुन नसकेको सरोकारवालाहरुको भनाई रहेको छ । -नारायण श्रेष्ठको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई