2026-07-09 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सस्त्र दन्द्धमा परेका महिलाहरु श्रीमान र भुमी गुमाएपछि हिंसा खेप्न बाध्य

2016-12-04

ललित बोहरा/मंसिर १९, डडेल्धुरा । डडेल्धुरा सदमुकाम आयोजीत एक कार्यक्रममा  सहभागी राजनीतीक दलहरुले शसस्त्र दन्द्धमा परी श्रीमान र भुमी गुमाएपछि बिभीन्न हिंसा खेप्न बाध्य रहेका बताएका छन् । 

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत १० औँ दिन आईतबार राष्ट्रिय महिला आयोगद्धारा आयोजीत स्थानीय सरोकारवालाहरुको भूमीका बिषयक अन्तर सम्बाद कार्यक्रममा उक्त भनाई राखेको हुन्  ।

कानुनी शासन तथा मानब अधिकार संरक्षण प्रणाली सबलीकारण कार्यक्रमको सहयोग र महिला तथा बालाबालीका कार्यालय डडेल्धुराको समन्वमा गरीएको कार्यक्रममा डडेल्धुरा स्थीत सम्बन्धी निकायहरुको उपस्थीतमा सामुहीक रुपमा छलफल गरेको थियो ।  

राष्ट्रिय महिला आयोगले लैङ्गिक हिँसा हुनुका  मुलकारणहरुमा चेतनाको कमि, महिलालाई मनोरञ्जनका साधनको रुपमा जे पनी गर्न पाईन्छ भने सोच राख्नु, पितृसतात्मक सोच, रुढीबादी चाल चलन, रोजगारीको कमी, महिलालाई कमजोर सम्झनु लगायतका रहेका बताएका छ । 

घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नारासहित देशभर कार्यक्रम गरीरहेका आयोगले डडेल्धुराका सन्र्दशमा के कस्ता लैङ्गिक हिंसाहरु रहेका छन् भनी जानकारी लिने उद्देश्ले कार्यक्रमको आयोजना गरेको समन्वय गर्ने महिला तथा बालबालीका कार्यालय डडेल्धुराले जनाएको छ ।  सामुहीक छलफलका क्रममा डडेल्धुरमा बाल बिवाह, बहुबिवाह,यौनजन्य हिंसा ,लिङग पहिचान गरी गर्बपत लगायतका  लैङ्गिक हिंसा बढी रहेकोमा जोड दिएका थिए ।

 यस्तै कार्यक्रममा सहभागी सरकारी वकील बद्रि नेपालले महिलाहरुलाई कानुनी शिक्षाको कमीले पनी महीलाहरु हिसां सहेर बस्नु बध्य भएका भन्दै डडेल्धुरमा आर्थीक अबस्था कमजोर भएका ब्यक्रीहरुको घरमा घरेलु हिंसा बढी रहेकोमा जोड दिएका थिए । 

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको रूपमा यो अभियान मनाउने निर्णय गरेको थियो । त्यसै समयदेखि नेपालसहित विश्वका थुप्रै मुलुकमा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको हो । 

हरेक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विश्वव्यापी रूपमा विभिन्न क्रियाकलाप र कार्यक्रम आयोजना भईरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो