मंसिर २२ पर्वत । सौर्य लिफ्ट खानेपानी आयोजना मार्फत बाग्लुङ कालिका मन्दिर परिसरमा कालीगण्डीको जल पु¥याइएको       छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २२ पर्वत । सौर्य लिफ्ट खानेपानी आयोजना मार्फत बाग्लुङ कालिका मन्दिर परिसरमा कालीगण्डीको जल पु¥याइएको       छ ।<"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सौर्य लिफ्ट खानेपानी आयोजना मार्फत कालिगण्डकीको जल कालिका मन्दिर पुग्यो

२०७३, २२ मंसिर बुधबार ०६:५७

महेन्द्र केसी/मंसिर २२ पर्वत । सौर्य लिफ्ट खानेपानी आयोजना मार्फत बाग्लुङ कालिका मन्दिर परिसरमा कालीगण्डीको जल पु¥याइएको       छ ।
प्रशिद्ध ऐतिहासिक कालिका मन्दिरमा कालीगण्डकीको पवित्र जल कालिका मन्दिरमा ल्याइ नौधारा सञ्चालनको सफल परिक्षण गरिएको हो । कालिका मन्दिरको उत्तरतर्फ मालढुंगाबाट करिव ५० मि.मि पाइपमा तथा १७० को हेडमा कालीगण्डकीदखि कालिका मन्दिर परिसरसम्म उक्त नौधारा योजनाको सफल परिक्षण गरिएको हो ।
     करिव ६०० मिटर पाइप जडान गरि कालीगण्डकीको पवित्र जल कालिका मन्दिरमा ल्याइ नौधारामा सञ्चालन योजना अनुसार काम भइरहेको कालिका भगवती गुठी व्यवस्थापन समितीका अध्यक्ष राजु खड्काले बताए ।
    खानेपानी तथा सरसफाइ मन्त्रालयको ८० प्रतिशत र कालिका भगवती गुठी संस्थाको  २० प्रतिशत लागतमा सम्पन्न गर्ने योजना अनुसार काम अगाडि     बढिरहेको छ ।
    २०७२ जेठ २ गतेबाट उक्त योजनाको काम शुरु गरिएको र यो आवको असार मसान्तसम्म काम पुरा हुने संस्थाका अध्यक्ष खड्काको तर्क छ । २ करोड ६० लाख ८२ हजार ५ सय ९ रुपैयां लागत मा निर्माण हुन लागेको योजनाबाट १८ हजार २ जना प्रत्यक्ष रुपमा लाभान्वीत हुने खड्काले बताए । योजना अनुुसार हालसम्म ५० हजार लिटरका २ वटा ट्याङ्की, ३ बाथरुम सहित ९ वटा धारा, मन्दिर परिसरको ३ स्थानमा सार्वजानिक शौचालय, चौकीद्धार र कालीगण्डकी मुहानमा इनेटक निर्माण कार्य सम्पन्न भएका खड्काले जानकारी दिए ।
    उक्त योजनाबाट दैनिक १.५३ प्रतिसेकेण्डका दरले २० हजार लिटर पानी खपत हुनेछ । जसबाट कालिका मन्दिर क्षेत्रमा करिब ५० वर्षका लागी खानेपानी, शौचालय, सिंचाइ तथा फोहोर व्यवस्थापनमा उल्लेखनिय सहयोग पुग्नेछ ।
किन छ कालीगण्डकीको महत्व ?
आध्यात्मिक र बैज्ञानिक दुबै दृष्टिकोणले नदीहरुको महत्व रहने गरेको छ । धार्मिक तथा बैज्ञानिक रुपमा कालिगण्डकीको बिषेश महत्व छ । कालिगण्डकीलाई गंङ्गाजी, श्रीकृष्णागण्डकी, हिरण्यगर्भा र विभवदात्री माता पनि भन्ने गरिएको छ ।  
    यो हिमनदी भएकाले बिशेषत शालग्रामका बिविध आकृति पाइने भएकाले बिश्वमा नै यसको अत्यान्तै बिशुद्ध, पवित्र र महत्वपुर्ण मानिन्छ ।


    कालिगण्डकीको शिरमा रहेको मुक्तिनाथधाम बिश्वकै पवित्र धामको रुपमा मानिन्छ । यही भुमी गण्डकीको जन्मभुमि हो । गण्डकीको शौन्दर्य अवर्णनीय छ, बिभिन्न तट बिभिन्न लता गुल्म, बनस्पति,वनमाला, मालतीपुष्प आदीले विभिन्न देवी देवता र भगवानको ध्वजा पतकाको प्रतिनिधीत्व गरेको आभास जो कोहीलाई हुने गर्दछ ।
    कालि गण्डकीको दर्शन स्नान र सेवा गरेमा महापापबाट मुक्ति दारिद्रयादि पीडाबाट    छुटकरा प्राप्त हुने बिश्वास छ । खासगरी पितृहरुको मुक्ति, मनमा पवित्र भावनाहरुको सृजना हुने, शान्ति र उद्धार हुने जनबिश्वास रहेको छ ।
    कालिका भगवती मन्दिरको स्थापनासंगै मन्दिरका पुजारीले हरेक दिन बिहान कालिगण्डकीमा गई स्नान गर्ने गर्दछन् । साथै गङ्गाजलले देवीको मुर्तिमा सेचन गर्ने परम्परा शुरु भए देखि निरन्तर आजसम्म यो परम्परा कायम रहेको छ ।धार्मिक रुपमा अत्यान्त महत्वपुर्ण प्रसिद्ध कालिका मन्दिर र पवित्र कालिगण्डकीको ऐतिहासिक  सम्बन्धलाई चिरस्मरण गर्दै मन्दिरमा आउनु हुने सम्पुर्ण भक्तजन एवं दर्शनार्थिहरुले कालिगण्डकीको नौधाराबाट स्नान गर्ने सुबिधा सहित मन्दिर क्षेत्रको धार्मिक, सामाजिक, सास्कृतिक तथा पर्यटकिय आकर्षणमा अभिबृद्धिका लागी ब्यवस्थापन समितिले प्रस्तुत आयोजना कार्यान्वयनमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित