प्रभात सुवेदी । मंसिर २२, बर्दिया ।

करीव चार दशक लामो सेवा गरेर शिक्षण कार्यबाट अवकाश लिनुभएका कालिका गाविस वडा न.. ७ स्थित श्री विद्या ज्योति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक महेश्वर ढकाललाई सम्मान स्वरुप आज व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर २२, बर्दिया ।

करीव चार दशक लामो सेवा गरेर शिक्षण कार्यबाट अवकाश लिनुभएका कालिका गाविस वडा न.. ७ स्थित श्री विद्या ज्योति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक महेश्वर ढकाललाई सम्मान स्वरुप आज व"/>

2026-09-18 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

३८ वर्ष सेवाको सम्मान स्वरुप अध्यक्ष : अब क्याम्पस बनाउनु पर्छ

प्रभात सुवेदी । मंसिर २२, बर्दिया ।

करीव चार दशक लामो सेवा गरेर शिक्षण कार्यबाट अवकाश लिनुभएका कालिका गाविस वडा न.. ७ स्थित श्री विद्या ज्योति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक महेश्वर ढकाललाई सम्मान स्वरुप आज विद्यालयको व्यवस्थापन समतिको अध्यक्षमा मनोनयन गरिएको छ । अध्यक्षमा मनोनयन भएपछि वहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै लैजाने र कुनै एक संकायमा क्याम्पस सञ्चालन गर्न पहल गर्ने कुरा बताउनुभयो ।

वि.सं. २०३२ सालमा विद्यालय सेवामा प्रवेश गरी ६ महिनासम्म स्वयंसेवा गर्नुभई विद्यालयलाई प्राथमिक तहदेखि माध्यमिक तहसम्म पुर्याउँदासम्म प्रधानाध्यापकको कुशल जिम्मेवारी बहन गर्नुभएका पूर्व शिक्षक महेश्वर ढकाल २०७१ साल पौष ३० गते सेवा निवृत्त हुनुभएको हो । विद्यालयलाई असाध्यै माया गर्ने र हरवखत विद्यालयकै हितमा काम गर्ने इमान्दार र कर्तव्यनिष्ठ शिक्षासेवीका रुपमा वहाँलाई सबैले चिन्दछन् । 

योग्यता र क्षमता हुँदाहुँदै पनि आफू प्रा.वि. तहमा रहेर विद्यालयमा आएका विभिन्न तहका दरवन्दीमा नबसी विद्यालय चलाउनु पर्छ भन्ने उच्च भावनाका साथ निस्वार्थ रुपमा अरु शिक्षकहरुलाई दरवन्दीमा राख्नुभएकोमा वहाँको यो त्यागको सम्मान गर्दै विद्यालयले सम्मान भत्ता समेत दिएको वर्तमान प्रधानाध्यापक भक्तिसागर रेग्मी स्मरण गर्नुहुन्छ । साथै वहाँले जस्तोसुकै विषम परिस्थितिमा पनि विद्यालयलाई माध्यमिक तहसम्म लैजानका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको कुरा समेत स्मरण गर्नुभयो । 

मंसिर ४ गते अभिभावकहरुमध्येबाट ४ जना सदस्यहरु छनोट गरी २० गतेको बैठकले संस्थापकहरुमध्येबाट महेश्वर ढकाल र जानुका मुडभरीलाई मनोनित गरिएकोमा महेश्वर ढकालको अध्यक्षतामा आजै पूर्णता दिइएको व्यवस्थापन समितिको सदस्यहरुमा इन्द्रा वली, सीता घिमिरे, हिक्मत सुनार, जानुका भण्डारी, सरला पंगाली रहनुभएको छ भने शिक्षक प्रतिनिधीमा भोजराज गौतम रहनुभएको छ । 

वहाँ विद्यालयको अध्यक्षमा मनोनयन गरिएको खबर पाउनासाथ सिङ्गो कालिका गाविसकाे समुदाय तथा  देश विदेशमा रहेका वहाँका चेला तथा शुभचिन्तकहरुबाट बधाई आइरहेको प्रधानाध्यापक भक्तिसागर रेग्मीले बताउनुभयो । 


अध्यक्ष महेश्वर ढकालका साथमा प्रधानाध्यापक भक्तिसागर रेग्मी, शिक्षक प्रतिनिधी भाेजराज गौतम र व्यवस्थापन समितिका अन्य सदस्यहरु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई