प्रकाश धौलाकोटी । धरान, २३ मंसिर । गायक सुमन श्रेष्ठ ‘संगम’ को नयाँ गीत ‘हामी साथी साथी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पेशाले ईञ्जिनियर भएपनि पछिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी । धरान, २३ मंसिर । गायक सुमन श्रेष्ठ ‘संगम’ को नयाँ गीत ‘हामी साथी साथी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पेशाले ईञ्जिनियर भएपनि पछिल्ल"/>

2026-07-10 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सुमनको ‘हामी साथी–साथी’ सार्वजनिक


प्रकाश धौलाकोटी । धरान, २३ मंसिर । गायक सुमन श्रेष्ठ ‘संगम’ को नयाँ गीत ‘हामी साथी साथी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पेशाले ईञ्जिनियर भएपनि पछिल्लो समय गायकका रुपमा परिचित श्रेष्ठको नयाँ म्युजिक भिडियो नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार गणेश रसिकले धरानमा सार्वजनिक गरेका हुन् ।

 गोपाल दाहालको शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोमा गायक सुमनले नै निर्देशन गरेका छन् ।  म्युजिक भिडियोमा जुलन कालिकोटे, मणि भुजेल, पुष्कर ताम्राकार, रामनारायण साह, राजेश श्रेष्ठ, राजन खनाल, मोहन तिम्सिना, विराज खनाल, शम्भु थापा मगर, भुपेन्द्र गुरुङ, साजन राई लगायतको अभिनय रहेको छ । 

कार्यक्रममा बोल्दै रसिकले साथीसाथी मिलेर निर्माण गरेको गीत र भिडियोले समाजमा सकारात्मक सन्देश दिएको बताए । उनले भने ‘अहिलेको विभाजित समयमा विभिन्न पेशा, जातिका साथीहरु मिलेर काम गरेको देख्दा खुसी लाग्यो ।’ भाषाविद् प्रा.डा.टंकप्रसाद न्यौपानेले हामी साथी साथी गीत अहिलेको समाजका लागि उदाहरणीय बनेको भन्दै राष्ट्रिय गीतको त झनै प्रशंशा गरे ।

 प्रतिष्ठानका प्राज्ञ राम धामीले गीत तथा भिडियोको समिक्षा गर्दै साथीहरु मिलेर अघि बढ्न आग्रह गरे । कार्यक्रममा गायकहरु गंगा बरदान, एपी शेर्पा, भूवन सुप्तिहाङ राई, संगीतकार ओमप्रकाश राई, निर्देशक केदार धिताल लगायत स्थानीय कलाकर्मी, संगीतप्रेमी लगाएत स्थानीय बिशिष्ट ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । 

गायक सुमनकै गीतको भिडियो गरिदेऊ काम नेताहरु प्रदर्शन गरिएको कार्यक्रममा सुमनका ९ भिडियोको संगालो साथी पनि सार्वजनिक गरियो । कार्यक्रममा गायक सुमन र नोभा थोप्रा लिम्बुले आफ्नो गीत प्रितिको फूल प्रस्तुत गरे, भने हाम्रो डान्स सेन्टरका कलाकारहरुले सुमनकै झ्याई पार्ने सुरमा छु । र छोरा–छोरी आफ्नो राम्रो स्वास्नी अर्काको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । साथी साथी गीतका गीतकार गोपाल दाहालले गीतबाट सुरु भएको साथीसाथी समूहले गीतसँगै अन्य सामाजिक कार्यपनि गरिरहेको र गर्दै जाने बताए । साथी समूहमा विभिन्न जाति र पेशाका युवाहरु आवद्ध छन् ।

 अहिलेको राजनीतिक, जातीय, धार्मिक तथा अन्य सामाजिक फुटको संघारमा रहेकोे सामाजिक माहोललाई एकताको समाज निर्माण गर्ने हामी साथी साथीको लक्ष्य रहेको गायक तथा निर्देशक श्रेष्ठले बताए । साथै ‘देशको समृद्धि र उन्नतिको लागि प्रवद्र्धन गर्नै पर्ने पर्यटन र जडिबुटीलाई पनि सांकेतिक रुपमा प्रस्तुत गरेका छौं । जहाँ भेडेटार, नाम्जे, पोखरा लगायतका पर्यटकीय स्थलहरु र नेपालको राष्ट्रिय डण्डिबियो खेल लगायतलाई पनि परिचित गराउने कोसिस गरेका छौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो