दलसिंह गिरी | मंसिर २५, कालिकोट | जिल्लामा अझै ७७ प्रतिशत जातिय विभेद कायम रहेको कान्तिपूर दैनिकका उपसम्पादक एवं नागरिक समाजका अगुवा तुलाराम पाण्डेले बताउनु भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | मंसिर २५, कालिकोट | जिल्लामा अझै ७७ प्रतिशत जातिय विभेद कायम रहेको कान्तिपूर दैनिकका उपसम्पादक एवं नागरिक समाजका अगुवा तुलाराम पाण्डेले बताउनु भएको"/>
2026-07-25 06:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा अझै ७७% जातिय विभेद कायमै

दलसिंह गिरी | मंसिर २५, कालिकोट | जिल्लामा अझै ७७ प्रतिशत जातिय विभेद कायम रहेको कान्तिपूर दैनिकका उपसम्पादक एवं नागरिक समाजका अगुवा तुलाराम पाण्डेले बताउनु भएको छ । 

हरेक बर्ष १० डिसेम्बर अर्थात आजकै दिन मनाईने विश्व मानव अधिकार दिवश अन्तर्गत कालिकोटमा भएको कोणसभा कार्यक्रममा बोल्दै उपसम्पादक पाण्डेले यस्तो बताउनु भएको हो । लैंगिक हिंसा विरुद्धको १६ दिने आन्दोलनको क्रममा किर्डाक नेपाल कालिकोट द्धारा संचालित आधार परियोजना र सम्झौता नेपालले जिल्लाका ७ वटा गाविस भर्ता गेला, राचुली, दाहा, मान्म, खिन र धौलागोहमा लैंगिक हिंसा र मानव अधिकारको अवस्थाबारे गरेको स्थलगत सर्बेक्षणबारे बताउदै पाण्डेले जिल्लाभर औषतमा ७२ प्रतिशत घरधुरीमा छाउपडी पर्था कायम रहेको, उमेर पुगेका १६ प्रतिशत नागरिकले अझै नागरिकता नपाएको, १९ प्रतिशतको जन्म र मृत्यु दर्ता नभएको, साढे ३० प्रतिशतले विवाह दर्ता नगरेको र साढे २ प्रतिशतले सामाजिक सुरक्षा भत्ता नपाएको बताउनु भएको छ । 

किर्डाक नेपाल कालिकोटका संयोजक समेत रहनु भएका पाण्डेले जिल्लामा सरकारी तथा गैरसरकारी मार्फत विभिन्न जागरण मुलक अभियान संचालन गरेपनि कुशस्कार, ब्यवास्थापन र अवशरको खोजी अभावका कारण यस्तो प्रबृति जगडिएर रहेको बताउनु भएको छ । 

घरघरमा मानव अधिकार विकास र शान्तिको आधार भन्ने मुल नाराका साथ संचालित विश्व मानव अधिकार दिवश, साथै घर शान्ति नै विश्व शान्तिको आधार, सम्मुन्नत विकासका लागि लैंंगिक हिंसारहित समाज भन्ने मुल नाराका साथ जिल्लामा संचालित १६ दिने महिला हिंसा विरुद्धको अभियानको संयुक्त आयोजनामा आयोजित कोणसभा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी एवं कोषसभाका संयोजक कृष्ण कुमार खड्काले जिल्लामा मानव अधिकार उलंघन र लैंगिक हिंसाका घटना ब्यापक बढेकाले यसको निराकरण गर्न सम्पूर्ण सरोकारवालाहरुले आफु सुध्र अभियान थाल्नु पर्ने बताउनु भएको छ ।

हाल जिल्लामा लैंगिक हिंसा तथा मानव अधिकारको सवालमा महिलाको अवस्थाबारे बताउदै महिला तथा बालबालिका कार्यालयका प्रमुख सिता थापा मगरले कालिकोटमा महिला हिंसाका घटनाहरु बढ्नुमा राजनैतिकदलहरुको हात रहेको आरोप लगाउनु भएको छ । राजनैतिक दलहरुले अपराधीलाई आफ्नो राजनैतिक कार्यकर्ता हो भन्दै पैसाको चलखेल गरी उन्मुक्तिदिने परिपाटी हाबीका कारण हिंसा बढेको थापाले बताउनु भएको छ । 

मानवअधिकार कर्मी दमनराज बमले संचालन गर्नु भएको कोण सभामा बोल्दै पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालिबहादुर मल्लले जिल्लामा मानव अधिकारका घटना बढ्नुको कारकतत्व भ्रष्टाचार पनि रहेको बताउनु भएको छ । कार्यक्रममा राजनैतिक दलको तर्फबाट नयाँशक्ति नेपालका जिल्ला सदस्य लक्ष्मि भट्टराई, पूर्व सभासद नमराज कोइरला, स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारी, अन्तरपार्टी महिला संजालका विजया विष्ट लगायतले लैंगिक हिंसा र मानव अधिकारको अवस्था वारे आआफ्नो धारणा राख्नु भएको छ । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, नागरिक समाज, पत्रकार स्थानीय बासिन्दाको उपस्थीति रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक