2026-07-25 06:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यासको लागि विभिन्न उपसमिति गठन

चैत २३, पोखरा । बैंशाख १ गते
हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास कार्यक्रमको लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा मंगलवार सम्पन्न छलफलबाट उपसमिति गठन गरिएको हो

विमानस्थल शिलान्यासको लागि यसअघि गठित मुल समितिको माताहातमा
रहने गरी १४ वटा उपसमिति गठन गरिएको हो । जस अनुसार स्वागत तथा अतिथि सत्कारमा पोखरा उद्योग वाणिज्य
संघ, नागरिक परिचालनमा पोखरा उपमहानगरपालिका, प्रचारप्रसारमा पत्रकार महासंघ कास्की, सास्कृतिक भेषभुषा
र वाजागाजामा पोखरा पर्यटन परिषद्, र्यालीमा नगर महिला समन्वय समितिलाई संयोजक तोकिएको छ ।

त्यस्तै मञ्च व्यवस्थापनमा आयोजना कार्यालय, लेखनाथको नागरिक परिचालनमा
लेखनाथ उद्योग वाणिज्य संघ, निर्माणस्थल वरपरका वडाको स्थानिय परिचालन, सुरक्षा व्यवस्थापनमा नेपाल
प्रहरी, आपतकालिन लगायत अन्य सेवाको लागि जिल्ला प्रशासन कार्यालय, पत्राचारको लागि पोखरा उद्योग
वाणिज्य संघका समन्वयमा होटलसंघ लगायतका संस्था, अन्य जिल्ला समन्वयमा आनन्दराज मुल्मी, गाउ समन्ययमा
जिल्ला विकास समिति र यातायात व्यवस्थापनको लागि यातायात सम्बन्धि संघसंस्थालाई संयोजक तोकिएको छ

विमानस्थल शिलान्यसको मिति तय गर्न यसअघिचैत्र १८ गते वसेको
बैंठकबाट उच्चस्तरिय सहयोग समितिका संयोजक सांसद रविन्द्र अधिकारी मुल समितिको संयोजक रहेको समिति गठन
, 2, 19, 2गरिएको थियो । समितिका संयोजक अधिकारीले सबै उपसमितिले आ आफ्नो जिम्मेवारी कुशलताको साथ पूरा गर्ने
विश्वास ब्यक्त गरे । समितिका संयोजक संस्था एबं ब्यक्तिहरुले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्दै
शिलान्यास समारोहलाई भव्य वनाउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै सम्पूर्ण राजनितिक दलका प्रमुख एबं प्रतिनिधिहरुले शिलान्यास कार्यक्रम सफल पार्न आ
आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । छलफलमा सहभागिहरुले सबै पार्टी, संघसंस्था
र क्षेत्रको सहभागि हुने गरी शिलान्यास कार्यक्रम सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक