ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ब"/>

2026-07-10 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोट समाज जापानले नयाँ बर्षमा जापानमा बृहत् संगितिक कार्यक्रम गर्दै

भिम श्रीस, मंसिर २७, ओसाका (जापान) । गलकोट समाज जापानले अंगे्रजी नयाँ बर्ष २०१७ को अवसरमा जापानको तिन मुख्य शहरमा विशेष सांगितिक कार्यक्रम गर्दैछ । 

बागलुङको गलकोट क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, अतिविकट तथा दुर्गम तथा भुकम्प प्रभावित ठाउँमा विद्यालय भवन निर्माणमा सहयोग लगायत समाजिक कार्य गर्ने मुख्य उदेश्य सहित कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमममा सहयोगदाता तथा टिकट बेचेर जुट्ने रकमले समाजिक काम गर्ने लक्ष्य राखिएको छ । गलकोट समाज जापान बागलुङको गलकोट क्षेत्रबाट रोजगरी तथा अध्ययनको शिलशिलमा जापानमा रहेका नेपालीहरुको साझा संस्था हो । 

मनोरञ्जनसँगै सामाजिक समृद्धिलाई अघि बढाउने उदेश्य राखेर हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी समृद्धि बनाउँ भन्ने नारासहित बृहत सांगितिक कार्यक्रम आयोजना गरिएको गलकोट समाज जापानका महासचिव सम्मर बस्न्यातले जानकारी दिनुभयो ।  

नयाँ बर्षलाई खुसियाली पुर्वक विशेष सांगितिक कार्यक्रम गरेर नेपाली समुदाय तथा गलकोटेको विचमा मनाउने तथा स्वागत गरिने उहाँको भनाई छ ।  

गलकोट समाज जापाले सन् २०१६ को नयाँ बर्षमा पनि सांगितिक कार्यक्रम गरि भएको आम्दानीबाट गलकोट लगायत विभिन्न क्षेत्रमा सामाजिक विकासको काम गरेको थियो । गलकोट समाज जापाले गलकोटका विद्यालयहरुलाई आर्थिक सहयोग, गलकोट प्रथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई एम्बुलेन्स सहयोग, बृहत स्वास्थ्य शिविर जस्ता सामाजिक काम गर्दै आएको छ । 

चर्चित कलाकारहरु शिव परियार देवि घर्ती, वसन्त थापा, विष्णु खत्री, कमल गाउँले, प्रगतिशिल गायक जीवन शर्मा, मुना थापा मगरको प्रश्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा पत्रकार नारायण शर्माको पनि उपस्थिती रहने छ ।  

डिसेम्बर ३१ म नागोया, जनवरी १ मा ओसाका र जनवरी २ तारिखमा राजधानी टोकियोमा कार्यक्रम हुने बरिष्ठ उपाध्यक्ष भिम केसीले जानकारी दिनुभयो ।  कार्यक्रममा नेपालीको मौलिक पहिचान नौमती बाजाको पनि प्रश्तुति रहने छ । 

नयाँ बर्षको अवसरमा गैरआवासियन नेपाली संघ एनआरएन जापानले पनि ओसाका सहमा छुट्टै सांगितिक कार्यक्रम आयोजना गरेको छ । 

ओसाकाको कार्यक्रममा चर्चित कालाकार कोमाल ओली, राजु परियार, ज्योती काफ्ले लगायतको सांगितिक प्रश्तुती रहने एनआरएन जापानका केन्द्रिय सदस्य डिलाराम सापकोटाले जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो