ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ब"/>

2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोट समाज जापनले नयाँ बर्षमा जापानमा बृहत् संगितिक कार्यक्रम गर्दै

भिम श्रीस, मंसिर २७, ओसाका (जापान) । गलकोट समाज जापानले अंगे्रजी नयाँ बर्ष २०१७ को अवसरमा जापानको तिन मुख्य शहरमा विशेष सांगितिक कार्यक्रम गर्दैछ । 

बागलुङको गलकोट क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, अतिविकट तथा दुर्गम तथा भुकम्प प्रभावित ठाउँमा विद्यालय भवन निर्माणमा सहयोग लगायत समाजिक कार्य गर्ने मुख्य उदेश्य सहित कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमममा सहयोगदाता तथा टिकट बेचेर जुट्ने रकमले समाजिक काम गर्ने लक्ष्य राखिएको छ । गलकोट समाज जापान बागलुङको गलकोट क्षेत्रबाट रोजगरी तथा अध्ययनको शिलशिलमा जापानमा रहेका नेपालीहरुको साझा संस्था हो । 

मनोरञ्जनसँगै सामाजिक समृद्धिलाई अघि बढाउने उदेश्य राखेर हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी समृद्धि बनाउँ भन्ने नारासहित बृहत सांगितिक कार्यक्रम आयोजना गरिएको गलकोट समाज जापानका महासचिव सम्मर बस्न्यातले जानकारी दिनुभयो ।  

नयाँ बर्षलाई खुसियाली पुर्वक विशेष सांगितिक कार्यक्रम गरेर नेपाली समुदाय तथा गलकोटेको विचमा मनाउने तथा स्वागत गरिने उहाँको भनाई छ ।  

गलकोट समाज जापाले सन् २०१६ को नयाँ बर्षमा पनि सांगितिक कार्यक्रम गरि भएको आम्दानीबाट गलकोट लगायत विभिन्न क्षेत्रमा सामाजिक विकासको काम गरेको थियो । गलकोट समाज जापाले गलकोटका विद्यालयहरुलाई आर्थिक सहयोग, गलकोट प्रथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई एम्बुलेन्स सहयोग, बृहत स्वास्थ्य शिविर जस्ता सामाजिक काम गर्दै आएको छ । 

चर्चित कलाकारहरु शिव परियार देवि घर्ती, वसन्त थापा, कमल गाउँलेको प्रश्तुति रहने आयोजकले जनाएको छ । डिसेम्बर ३१ म नागोया, जनवरी १ मा ओसाका र जनवरी २ तारिखमा राजधानी टोकियोमा कार्यक्रम हुने बरिष्ठ उपाध्यक्ष भिम केसीले जानकारी दिनुभयो ।  नयाँ बर्षको अवसरमा गैरआवासियन नेपाली संघ एनआरएन जापानले पनि ओसाका सहमा छुट्टै सांगितिक कार्यक्रम आयोजना गरेको छ । 

ओसाकाको कार्यक्रममा चर्चित कालाकार कोमाल ओली, राजु परियार, ज्योती काफ्ले लगायतको सांगितिक प्रश्तुती रहने एनआरएन जापानका केन्द्रिय सदस्य डिलाराम सापकोटाले जानकारी दिनुभएको छ । 

त्यस्तै एकाता समाज जापनले पनि टोकियो र ओसाकामा सांगितक कार्यक्रम गर्दैछ ।।  प्रगतिशिल गायक जीवन शर्मा, विष्णु खत्री र मुना थापा मगरले सांगितिक प्रश्तुति दिनेछन् । कार्यक्रममा नेपालीको मौलिक पहिचान नौमती बाजाको पनि प्रश्तुति रहने छ । कार्यक्रममा पत्रकार नारायण शर्माको पनि उपस्थिती रहने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई