जिल्लाको बुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लाको बुर"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

शिक्षामा पहुँचका लागि विद्यार्थीको अभियान

२०७३, २८ मंसिर मंगलवार ०७:५९

कृष्ण कँडेल, मंसिर २८, बागलुङ । अपाङ्गता भएका बालबालिको शिक्षामा पहुँच विस्तारका लागि विद्यार्थीले आर्थिक सहायता अभियान सुरु गरेका छन् । 

जिल्लाको बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयकै मातहतमा रहेको अपाङ्गता विशेष कक्षामा पढ्ने वालबालिकाको लागि सुरु गरेको अभियानमा ३० हजार रुपैयाँ सहयोग जुटेको छ । 

अपाङ्गता कक्षा सञ्चालनमा आर्थिक अभाव भएपछि कक्षा १०, ११ र १२ मा पढ्ने विद्यार्थीले थालेको सहायता अभियानमा स्थानिय दाताले ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म सहयोग गरेका छन् । एक लाख जुटाउने लक्ष्य रहेको अभियानका संयोजक अनिलकुमार विश्वकर्माले जानकारी दिए । 

‘अपाङ्गता भएका जो कसैलाई हाम्रो समाजमा कमजोर ठानिन्छ ।’ विश्वकर्मांले भने, ‘उचित वातावरण र अवसर भए उनिहरुले पनि आफ्नो जीवन सजिलैसँग जीउन सक्छन्, समाजका लागि पनि योगदान गर्न सक्दछन् ।’ उनले कक्षा सञ्चालनमा आर्थिक अभाव भएको थाहा पाएपछि विद्यार्थीहरुले बनाएको अनुसान समितिमा छपलफल गरेर सहयोग जुटाउने अभियान सुरु गरिएको बताए । 

यसरी संकलित रकमबाट अपाङ्गता वालबालिकाको लागि खाद्यान्न, शैक्षिक सामग्री, कक्षा व्यवस्थापनको गर्ने योजना रहेको छ । 

विद्यालयमा रहेको विद्यार्थी अनुसान समितिले तिन वटा कक्षाका ४ सय विद्यार्थीले समेत जनहि १० रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ । विद्यार्थीले अभियान सुरु गरेपछि शिक्षकले पनि जनहि १ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।    

सहायता जुटाउन विद्यालयका प्रधानाध्यापक धनबहादुर कुँवर, शिक्षक अभिभावक संघ संयोजक धनबहादुर खत्री, अपाङ्गता सरोकार संघ बागलुङका अध्यक्ष चुडाबहादुर कुँवरले पनि सहयोग गरेका छन् । 

प्रधानाध्यापक धनबहादुर कुँवरले भने, ‘अपाङ्गता भएकासँग पनि फरक क्षमता हुन्छ भन्ने कुरा नेपालकै साहित्यकार झमक घिमिरेले पुष्टि गर्नुभएको छ, अवसर दिन सक्यौँ भने हाम्रा यि वालवालिकाले पनि त्यस्तै काम गरेर देखाउन सक्छन् ।’

उनले दुर्गम गाउँका वालवालिकालाई शिक्षा दिन सुर गरिएको विशेष कक्षाका लागि आर्थिक अभाव भएका बेला विद्यार्थीले सुरु गरेको सहायता अभियान प्रसंसनिय रहेको बताए । 

समुदायकै सक्रियतामा प्लान नेपाल र विद्यालयको रकमबाट भवन निर्माण गरि गत बर्ष देखि सञ्चालन गरिएको कक्षामा दुर्गम गाउँका १९ जना वालवालिकाले अध्ययन गर्दै आएका छन् । 

कक्षा सञ्चालन भएपछि शिक्षाको पहुँच नपुगेका अपाङ्गता भएका बालबालिकाले गाउँमै पढ्ने अवसर पाएपनि कुनै अनुदान नहुँदा निरन्तरता दिन समस्या भएको समाचार सञ्चार माध्यममा प्रकाशन–प्रशारण भएपछि यसप्रती चासो बढेको हो । 

विशेष कक्षाका लागि विभिन्न संघसंस्थाका प्रमुखले पनि संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ