2026-07-10 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको अजयमेरु गाबिस साक्षरता गाबिस घोषणा

ललित  बोहरा, मसिंर २८, डडेल्धुरा  । डडेल्धुराको सातौ साक्षरता गाबिसको रुपमा मगंलबार एक भब्य कार्यक्रमका बीच अजयमेरु गाबिसलाई साक्षरता गाबिस घोषणा गरिएको छ । अजयमेरु गाबिसमा रहेका १५ बर्ष देखी ६० बर्ष उमेर समुहका कुल जनसख्यां ४ हजार ४ सय २० जना मध्ये ४ हजार ३ सय ४१ जनाले साक्षरताका लागि तोकिएका न्यूनतम ७ वटा मापदण्ड पुरा गरिसकेकाले साक्षर गाबिस घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीले बताएका छन । 

अजयमेरु गाबिसबासीको एकता र सामूहिक प्रयासले साक्षरता अभियान सफल भएको अजयमेरु गाबिसले जनाएको छ । युनेस्कोको अन्तराष्ट्रिय मान्यता अनुसार ९५ प्रतिशत भन्दा बढी साक्षर नागरिक भएमा पूर्ण साक्षर क्षेत्र घोषणा गर्न सकिने व्यवस्था गरेको छ । 

साक्षरता गाबिसका लागि जिल्ला शिक्षा कार्यालय, लुःनिभा बाल सरोकार समुह फिल्ड कार्यालय, जिल्ला अनौपचारीक शिक्षा समिती र अजयमेरु सामुदायिक अध्ययन केन्द्र डडेल्धुराको संयूक्त सहयोग रहेको थियो । 

साक्षरता गाबिस घोषणा समारोहमा स्थानिय नागरिकहरुले खुसी व्यक्त गर्दै बाजागाँजा सहित झाक्रि प्रर्दशन गरेका थिए । कार्यक्रममा बिभिन्न खाले जनचेतनामूलक नाटक तथा सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएका थिए । घोषणा समारोहमा स्थायिन स्तरका बिभिन्न राजनैतिक दलका प्रमूख तथा प्रतिनिधि, सम्बन्धित निकायका प्रमूख तथा प्रतिनिधि, गाबिस सचिव, वडा संयोजक, बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा बिद्यार्थीहरु र स्थानिय नागरिकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो