2026-07-10 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मूर्ति चोरी भएपछि बौद्ध धर्मावलम्बीद्धारा विगत १२ दिन देखि ढुप्चेन पुजा जारी

नन्दराम जैशी, मंसिर २८, जुम्ला । चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको दुई साता वितिसक्दा पनि चोर पत्ता लाग्न सकेको छैन् । केन्द्रीय अनुसन्धान व्युरो सिआईबीको टोलीले  अनुसन्धान गरिरहेको भएपनि अहिले सम्म आधिकारिक धारणा अझै सार्वजनिक हुन सकेको छैन् । लामो समय सम्म मूर्ति चोरीको विषयमा आधिकारिक धारणा सार्वजनिक नहुँदा जुम्लाबासीमा झन निरासा छाएको छ । मूर्ति चोरीको बारेमा चोर पत्ता लगाउन चौतर्फि माग भईरहेको बेला जुम्लामा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरुले पनि विगत १२ दिन देखि ढुप्चेन पुजा गरिरहेका छन् । 

मूर्ति चोरलाई पत्ता लगाउन दवाव दिने  उद्देश्यले उनीहरुले ढुप्चेन पुजा गरिरहेका हुन् । चन्दननाथ मन्दिरमा रहेका बुद्धको मूर्तिचोरी भएको भन्दै सबै धर्मको आस्थाको धरोहरको रुपमा रहेको मन्दिरमा चोरी भएका कारण दवाव दिनको लागि २५ लामाहरुले आवासिय रुपमा पुजा गरिरहेको आदीवासी, जनजाती महासंघ जिल्ला समन्वय परिषद् जुम्लाका अध्यक्ष कार्मा ठिन्ले तामाङले बताउनुभयो । बौद्ध धर्ममा प्रचलित १७ दिने ढुप्चेन पुजा अन्तर्गत विगत १२ दिन देखि लगातार आवासिय पुजा भईरहेको उहाँले बताउनु भएको छ । 

अध्यक्ष तामाङका अनुसार समाजमा  ठुला काण्डहरु भएमा यस्तो प्रकारको पुजा हुने गरेको बताउनु भएको छ । मुख्य लामा काङस्यार लामाको नेतृत्वमा बाँकी २४ जना लामा सहितको ५० जनाको टोलीले २४ सै घण्टा पुजा गरिरेहका छन् । भने अहिले सम्म पुजा मै दर्जन भन्दा वढी मूर्ति निर्माण गर्नुका साथै करिब ५ लाख बराबरको खर्च भईसकेको मुगाली बौद्ध मार्गी सेवा समाज जुम्लाले जनाएको छ । मूर्तिचोरलाई कुनै पनि भौतिक क्षति नहोस् र सकुशल चोरी भएको मूर्ति पत्ता लागोस् भनेर पुजा शुरु गरिएको मुगाली बौद्ध मार्गी सेवा समाज जुम्लाका अध्यक्ष निर्वु वाङदी लामाले बताउनुभयो । 

यस्तो प्रकारको पुजाले चोरलाई कुनै पनि किसिमको क्षति नहुने तथा उसलाई धोका हुने विश्वास आफुहरुले लिएको समाजको उपाध्यक्ष तेन्जिङ तामाङले बताउनुभयो । मन्दिरमा मूर्ति चोरी भएको लामो समय वितिसक्दा समेत चोर पत्ता नलाग्नु सम्बन्धित सरोकारवाला निकायको गैर जिम्मेवारीपन भएको उनीहरुले आरोप लगाएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो