2026-09-19 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका सात गाविस पूर्ण साक्षरता घोषणा

मङ्सिर २९, डडेल्धुरा । डडेल्धुरा जिल्लाका सात गाविसलाई विभिन्न सूचकका आधारमा पूर्ण साक्षरता गाविस घोषण गरिएको छ । १५ देखि ६० उमेर समूहका मानिस राष्ट्रिय र स्थानीय भाषाका वर्णहरु लेख्न पढ्न सक्ने सामान्य गणितीय हिसाब राख्न सक्ने, ट्राफिक चिन्हलाई बुझ्ने, रुपैयाँको हिसाब गर्न सक्नेजस्ता सातवटा सूचकका आधारमा ती गाविसलाई साक्षर गाविसको रुपमा घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराका विद्यालय निरीक्षक केशव ज्ञवालीले जानकारी गराउनुभयो । 

पूर्ण साक्षरता हुनका लागि १२ वटा सूचकहरु राखिएका भएतापनि तीमध्ये सातवटा सूचकहरु पूरा भएका गाविसलाई साक्षरता घोषणा गरिएको हो । मङ्गलबार सातौं गाविसको रुपमा अजयमेरु चमडालाई पूर्ण साक्षरताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला शिक्षा अधिकारी बसन्तकुमार खत्रीले बताउनुभयो । यसअघि गणेशपुर, कैपालमाडौँ, समैजी, चिपुर, कोटेली र बेलापुर गाविसलाई साक्षर घोषणा गरिसकेको उहाँले शिक्षा अधिकारी खत्रीले जानकारी गराउनु भयो । 

अठार गाविस र दुई नगरपालिका रहेको डडेल्धुराका अन्य गाविस र नगरपालिकाका वडाहरुलाई पनि चाँडै सारक्षर घोषणा गरी चालु आर्थिक वर्षभित्रै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई