३० पर्वत  ।कुश्मा   नगरपालिका १७ पकुवा सिल्मीमा रहेको विश्वज्योती माविको भूकम्पले भत्किएको भवन निर्माणको काम थालिएको छ । 

व्यवस्थापिका संसद सदस्य एवं नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  ३० पर्वत  ।कुश्मा   नगरपालिका १७ पकुवा सिल्मीमा रहेको विश्वज्योती माविको भूकम्पले भत्किएको भवन निर्माणको काम थालिएको छ । 

व्यवस्थापिका संसद सदस्य एवं नेप"/>

2026-09-20 02:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विकासकालागि एक हौ–जोशी

 ३० पर्वत  ।कुश्मा   नगरपालिका १७ पकुवा सिल्मीमा रहेको विश्वज्योती माविको भूकम्पले भत्किएको भवन निर्माणको काम थालिएको छ । 

व्यवस्थापिका संसद सदस्य एवं नेपाली काँग्रेसका पूर्व केनिद्रय सदस्य अर्जुनप्रसाद जोशीले बुधबार एक विशेष कार्यक्रमका विच भवनको शिलन्यास गरेका हुन् । भवन शिलान्यास पछि आयोजित कार्यक्रममा बोल्दै साँसद जोशीले एकले अर्काको खुट्टा तान्ने प्रवृतिले विकासलाई धक्का लाग्ने बताए । उनले अगाडी वढ्न खोज्नेलाई जर्वजस्ती तानेर पछाडी पार्नुभन्दा विकासका काममा हातेमालो गर्न  आग्रह गरे । उनले सामुदायिक विद्यालयले समुदायमा शिक्षाको ज्योती छर्ने भएकाले निर्माणाधिन भवनको पुननिर्माणमा आर्थिक, भौतिक एवं नैतिक रुपमा सहयोग गर्न पनि सुझाव दिए । जोशीले भवन निर्माणका लागि २० लाख रुपैयाँ सहयोगको घोषणा समेत गरेका छन् । उनले पर्वतका ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, सिँचार्ई, खानेपानी,सडक लगायतका समस्या अझै पनि कायमै रहेको बताउँदै समस्याहरुको यथासक्य समाधान गर्न आफु प्रतिवद्ध रहेको बताए । विकासमा अनावश्यक रुपमा राजनिति हुने गरेकोमा दुख व्यक्त गर्दै उनले सबै पार्टिले समान दायित्वका साथ काम  गरे विकासले गति लिने पनि उल्लेख गरे । भवन निर्माण समितिका अध्यक्ष टंकप्रसाद सुबेदीले तोकिएकै समयमा भवनको निर्माण गर्न समिति प्रतिवद्ध    रहेको बताए । नेपाली काँग्रेस कुश्मानगरपालिका १७ का सभापति समेत रहेका सुबेदीले सबै क्षेत्र, सबै तह र तप्कावाट विद्यालयको पुननिर्माणमा सहयोग प्राप्त भएकाले सबैले भवन निर्माणको लागि उत्तिकै योगदान गरेको उल्लेख गरे । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले शिक्षामा राजनीति गर्न नहुने धारणा राखे । विद्यालयमा बन्दै गरेको ४ कोठे भवन शिक्षा मन्त्रालयको ३२ लाखमा निर्माण थालिएको हो । तर भवन निर्माणका लागि ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

भवन निर्माणका लागि भिमवहादुर नेपालीले १५ हजार वरावरका फर्निचर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । मिनवहादुर वस्यालले ५० हजार र भवन निर्माण समितिका अध्यक्ष एवं समाजसेवी टंकप्रसाद सुबेदीले ३० हजार रुपैयाँ सहयोग गर्ने घोषणा  गरेका छन् ।२०१४ सालमा स्थानीय समाजसेवी  विश्वमित्र सुबेदी लगायतका अगुवाहरुले चन्दा उठाएर निर्माण  गरेको विद्यालय अहिले जिर्ण बन्दै गएको छ । अहिले उक्त विद्यालयमा २८० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो