जिल्लामा रहेको एक विद्यालयका शिक्षकलाइ एक हप्ते कम्प्यूटर तालिम प्रदान गरिएको छ । 


विद्यालयस्तरीय शिक्षालाई परिस्कृत गर्न भन्दै गुड नेव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिल्लामा रहेको एक विद्यालयका शिक्षकलाइ एक हप्ते कम्प्यूटर तालिम प्रदान गरिएको छ । 


विद्यालयस्तरीय शिक्षालाई परिस्कृत गर्न भन्दै गुड नेव"/>

2026-09-20 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एकहप्ते कम्प्यूटर तालिम सम्पन्न

जिल्लामा रहेको एक विद्यालयका शिक्षकलाइ एक हप्ते कम्प्यूटर तालिम प्रदान गरिएको छ । 


विद्यालयस्तरीय शिक्षालाई परिस्कृत गर्न भन्दै गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदारी संस्था सोडेक नेपालको आयोजनामा  एकहप्ते कम्प्युटर तालिम संचालन गरिएको हो  । 

जिल्लाको भुकदेउराली गाविस वडा नं. १ शेराबेंसी स्थित नवज्योति थम माविका १३ जना तथा ग्रामोदय मावि भंगराका १ जना गरी कूल १४ जना शिक्षकलाई सो तालिम दिइएको हो ।

नवज्योति थम माविमा आधारभूत तालिम शुरु भएसँगै शिक्षकहरु निकै चासोका साथ माउस चलाउन र किबोर्ड खेलाउन अभ्यस्त बन्दै गइरहेका छन् । 


सहभागीहरु तालिम लिन पाएकोमा खुसी देखिन्छन्  । कम्प्युटर शिक्षामा व्यवहारिक र जीपन उपयोगी भएकोले सबैले सिक्न जरुरी रहेको उनीहरुले बताए । ‘शिक्षककेन्द्रीत तालिम भएकाले छोटो समय भएपनि उपलब्धीमूलक भएको कम्प्युटर प्रशिक्षण दिइरहेका राजु पौडेलले बताए ।


 ‘हामीले विगतका कयन् वर्ष अघिदेखि ग्रामीण दुरदराजका विद्यालय पहिचान गरी सीपमूलक शिक्षा उपलब्ध गराउने कुरामा साझेदारी बन्दै आएका छौं ।’ संस्थाका शिक्षा विकास अधिकृत ऋषिराम भुसालले भने–‘यस्तै सीपमूलक र व्यवहारिक शिक्षा अन्यत्रपनि उपलब्ध गराउने तयारी भइरहेको  छ ।’


संस्थाले व्यवहारोपयोगी र गुस्तरीय शिक्षाका लागि विद्यालय केन्द्रीत कार्यक्रम गर्दै आइरहेको र भोलिका दिनमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिइरहने संस्थाका कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले सहारान्यूजलाई जानकारी दिए ।


मंसिर २३ गतेबाट शुरु भएको सो एकहप्ते तालिम २९ गते सम्पन्न भएको छ । सो तालिममा राजु पौडेल र गणेश पौडेलले प्रशिक्षण दिएका थिए ।संस्था  द्वारा ३० गते नै एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई कम्प्युटर ल्याव सहित १२ थान कम्प्युटर समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो