2026-10-15 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

शौचालयको दिशाजन्य पर्दाथ व्यवस्थापन गर्नुपर्नेमा जोड

नन्दराम जैसि, मंसिर ३०, जुम्ला ।  जुम्ला सदरमुकाममा बुधबार सम्पन्न भएको एक कार्यक्रममा सहभागिले जुम्ला बजार क्षेत्रभित्र रहेका शौचालयको दिशाजन्य पर्दाथ व्यवस्थापन गर्न आवश्यक रहेको बताएका छन् । बजार क्षेत्रभित्र रहेका शौचालयको दिशाजन्य पर्दाथ खुल्ला रुपमा फाइने र दिसाजन्य पदार्थ ब्यवस्थापन नहुदाँ बातावरणिय तथा बायु प्रदुषण हुनुका साथै स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै दिशाजन्य पर्दाथ व्यवस्थापन गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ । सदरमुकाममा बुधबार सम्पन्न भएको जुम्ला बजार क्षेत्रभित्र रहेका शौचालयको दिशाजन्य पर्दाथ व्यवस्थापनका लागि संचार क्रियाकलाप विषयक कार्यशाला गोष्ठीका सहभागी सरोकारवाला ब्यक्तिले यस्तो बताएका हुन ।   

अव्यवस्थित शौचालयको फोहोरले बजार क्षेत्र दुर्गन्धीत बन्दै जादाँ रोथथामको लागी सहजिकरण गर्ने उदेश्यले एस एन भी नेपालको आर्थिक सहयोग तथा जुम्ला उद्योग बाणीज्य संघ जुम्लाको आयोजनामा गोष्ठी गरीएको हो । जुम्ला बजार क्षेत्रभित्र रहेका शौचालयको दिशाजन्य पर्दाथ व्यवस्थापन गर्ने बिषयमा छलफल भएपनि ब्यवस्थापनको जिम्मा कसले लिने र ब्यवस्थापन कार्यक्रम कसरी संचालन गर्ने भन्ने बिषयमा भने टुङगो लागेको छैन । सौचालयको दिशाजन्य लेदो पदार्थ ब्यवस्थापन गरे बाफत स्थानियले के कति शुल्क तिर्ने र कसरी संकलन गर्ने भन्ने बिषयमा पनि आगामि दिनमा छलफल गरीने भएको छ ।         

गोष्ठिको सहजिकरण गर्दै एस एन भी नेपालका सरसफाइ तथा स्वच्छता सम्बन्धी बानी ब्यवहार परिर्वतनका लागी संचार सल्लाहकार हरीशोभा गुरुङले शौचालय प्रयोग मात्र नभइ शौचालयमा रहेको दिशाजन्य लेदो पदार्थ तथा फोहोर तत्काल ब्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो । जुम्लाबजार क्षेत्रका ८३ प्रतिशत घरधुरीमा ३ बर्ष अघिदेखि सौचालयको खाल्डो निर्माण गरी प्रयोग भैरहेकाले खाल्डोमा रहेको दिशाजन्य लेदो पदार्थ तथा फोहोर ब्यवस्थापन नगरे खाल्डो पुरिने अवस्थामा पुगेको एक अनुगमनले देखाएको उहाँको भनाइ छ । दिशाजन्य लेदो पदार्थ तथा फोहोर ब्यवस्थापन गर्न विद्यमान परिस्थीतिमा रहेका बाधक तथा उत्प्रेरक तत्वका बिषयमा अध्ययन अनुसन्धान गरीएको भन्दै त्यसका लागि सबैमा जानकारी दिन र कार्यक्रमलाइ प्रभावकारी बनाउन संचार कृयाकलाप गरीने गुरुङले जानकारी दिनृुभयो ।     

एस एन भी नेपालका सरसफाइ सल्लाहकार टिकाराम खड्काले अधिकांस मानिसहरुमा सौचालयको खाल्डो कर्यौँ बर्ष टिक्छ र प्रयोग गरी रहनुपर्छ भन्ने गलत धारणाले शौचालयको फोहोर ब्यवस्थापन नगर्दा समस्या निम्तिएको बताउनुभयो । दिशाजन्य लेदो पदार्थ ब्यवस्थापन गर्ने बिषयमा नियमित सेवा उपलब्ध भएमा समुदायले शुल्क तिर्ने बिषयमा सहमति जनाउने उहाको बुझाइ छ । गोष्ठिमा बोल्दै नगर अधिकृत केशबराज शर्माले बजार क्षेत्रका सौचालयको दिशाजन्य लेदो पदार्थ ब्यवस्थापनका लागि तत्काल नगरपालिकाले जिम्मा लिन नसक्ने बताउदै फोहोर ब्यवस्थापनका लागि दिर्घकालिन योजना निर्माण गर्न जरुरी रहेको तर्क गर्नुभयो । 

जिल्ला शिक्षा अधिकारी कुल बहादुर फडेराले सौचालयको दिशाजन्य लेदो पदार्थ ब्यवस्थापन गर्नुपर्नेमा जोड दिदै यष बर्ष जिल्लाका ८ वटा विद्यालयमा नँमुनाका सौचालय निर्माण गरीने जानकारी दिनुभयो । किर्डाक नेपाल जुम्लाका संयोजक मेघराज न्यौपानेले सौचालयको दिशाजन्य लेदो पदार्थ ब्यवस्थापनका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नपर्ने भन्दै सबै स्थानियको ज्ञान र सिप विकासमा जोड दिनु पर्ने बताउनुभयो । सौचालयको खाल्डो कहिल्यै भरिदैन र कुनै असर पर्दैन भन्ने जन विश्वास र धारणालाइ त्याग्न जानकारीमुलक कार्यक्रममा जोड दिइने उहाको भनाइ छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने