2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङ बजारको फोहोर ५ महिनापछि आजदेखि उठ्न थाल्यो

कृष्ण कँडेल,  पुस २, बागलुङ । गत असारमा सुरु भई ५ महिनादेखि रोकिएको बुर्तिबाङ बाजरको फोहोर आजदेखि उठाउन लागिएको छ । 

फोहोर व्यवस्थापन समितिले खोलेको टेण्डर मार्फत छनोट भएका व्यवस्थापक रुद्रबहादुर पुनले आज देखि फोहोर उठाउन थालेको समितिले जनाएको छ । 

यसअघि गत असरमा २५ दिन फोहोर उठाएपछि बाढि पहिरोले बाढो विग्रिएका कारण ५ महिनासम्म काम रोकिएको थियो । व्यवस्थापकले बाजारबाट उठएको फोहोर बुर्तिबाङ–६ मा स्थानियसँग समन्वय गरेर आफै जग्गा व्यवस्थापन गरि खाल्डोमा व्यवस्थापन गर्ने सहमती भएको छ । 

घर, बजार, पसल तथा संघसंस्थाबाट निस्कने फोहोरलाई गल्ने, जल्ने र नगल्ने तथा नजल्नेलाई छुट्याएर उठाईने छ । 

गल्ने र जल्ने फोहोर हप्ताको तिन पटक उठाईने छ । नजल्ने तथा नगल्ने फोहोर हरेक महिनको १ गते र १५ गते २ पटक गठाउने व्यवस्था मिलाईएको छ । फोहोर उठाउनको लागि साईरन बजाउँदै गाडी बजारमा आउने छ । 

फोहोर व्यवस्थानलाई व्यवस्थीत गर्न समितिले १० बुँदै आचारसहिंता बनाएर कार्यान्वयनमा ल्यएको फोहोर व्यवस्थापन समितिका सहसंयोजक निमलाल पाण्डेले जानकारी दिनुभयो । 

व्यवस्थापक मार्फत फोहोर फाल्न बजारबासीले निष्चित शुल्क तिर्नुपर्ने छ । घर, पसर, संस्था, कार्यालयलाई बर्गिकरण गरेर मासिक ५० रुपैयाँदेखि ५ सय रुपैयाँ सम्म शुल्क तोकिएको छ । 

आचारसहिंता अनुसार फोहोर व्यवस्थापन नगर्ने तथा शुल्क नतिर्नेलाई कारवाहि गरिने समितिले जनाएको छ । 

खोला, खोल्सा तथा सर्वजनिक ठाउँमा फोहोर फालेमा पहिलो पटक ५ हजार, दोस्रो पटक भए १० हजार र तेस्रो पटकदेखि कानुन अनुसार कारवाहि गरिने छ ।  

समितिले पुनसँग बार्षिक ९२ हजारमा फोहोर उठाउने गरि २ बर्षका लागि सम्झौता गरेको छ । पहिलो सम्झौता १ बर्षका लागि भएकाले १ बर्षपछि सम्झौता नविकरण हुनेछ । 

जनसंख्याको चाप बढ्दै गएको शहरोन्मुख ठाउँ बुर्तिबाङ बजारमा फोहोर व्यवस्थापनको काम चुनौतिपुर्ण बन्दै गएको छ । 

कतिपयले आफै फोहोर व्यवस्थापन गरेपनि घर पसल तथा संघ संस्थाबाट निस्कने फोहोर अधिकांश बाजारवासीले बाढीघाट नदी, खोल्सा र सार्वजनिक ठाउँमा फाल्ने गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई