पौष २ पर्वत ।पर्वत जिल्लालाई आव ०७३।७४ मा पूर्ण साक्षरता जिल्ला तथा आधारभूत निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गर्ने तयारीका साथ जिल्ला शिक्षा कार्यालय लागि परेको छ ।

आव ०७३।०"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पौष २ पर्वत ।पर्वत जिल्लालाई आव ०७३।७४ मा पूर्ण साक्षरता जिल्ला तथा आधारभूत निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गर्ने तयारीका साथ जिल्ला शिक्षा कार्यालय लागि परेको छ ।

आव ०७३।०"/>

2026-07-10 03:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जेठभित्र जिल्ला पूर्ण साक्षर

2016-12-17

पौष २ पर्वत ।पर्वत जिल्लालाई आव ०७३।७४ मा पूर्ण साक्षरता जिल्ला तथा आधारभूत निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गर्ने तयारीका साथ जिल्ला शिक्षा कार्यालय लागि परेको छ ।

आव ०७३।०७४ को जेठको दोस्रो साताभित्र जिल्लालाई अनिवार्य र निशुल्क साक्षरता जिल्ला घोषणा गर्ने जिल्ला शिक्षा कार्यालय पर्वतले सोच बनाएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी जिल्ला शिक्षा कार्यालय पर्वतले जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउने अभियानका बारेमा जानकारी दिएको हो ।आजको सहारान्यूजमा खबर छ ।

कार्यक्रममा बोल्ने अधिकांशले जिल्लालाई साक्षर जिल्ला बनाउने बहानामा हतारका साथ लागि परेको बताए । साक्षर गाविस बनाउनको लागि आवश्यक पर्ने पूर्णधार तयार नगरी गाउ शिक्षा समितिको भरमा गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरिनुले पछि त्यसले समस्या निम्त्याउने कार्यक्रममा सहभागीले बताए ।

विगतका बर्षमा गैरसरकारी संघसंस्थाको सहयोगमा जिल्लाका विभिन्न गाविसहरु पूर्ण साक्षर बनाइएको तर अहिले जिल्ला शिक्षा कार्यालयले त्यही क्षेत्रमा काम गरेका निकायलाई पक्षपात गरेका आरोप समेत लगाए ।

लोकतान्त्रि गैसस महासंघ पर्वतका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जिल्ला शिक्षा कार्यालयले गैससले गरेका काम र सहयोगको गुन विर्सिएको बताए । उनले जिल्लालाई साक्षर बनाउने बहानामा सुटुक्क र खुसुक्क मैनबत्ति बनालेर पूर्ण साक्षर गाविस बनाउने अभियान चलाएको भन्दै त्यसको निन्दा समेत गरे ।  उद्यम अधिकारी, शिव शर्मा पौडेल, इश्वर गिरी, हरिओम शर्मा लामिछाने लगायतले बालेका थिए ।


उनीहरुले जिल्लालाई साक्षर जिल्ला बनाउनको लागि अयिभान चलाएता पनि आवश्यक समन्वय र सहकार्य नभएको भन्दै दुखेसो गरे । जिल्लामा प्रविधिको क्षेत्रमा रुचि रहेका बालबालिकाको  प्रतिभाको प्रष्फुटन गराउनको लागि पनि जिल्ला शिक्षा कार्यालयले भूमिका खेल्नुपर्ने उनीहरुको सुझाव थियो । साक्षर जिल्ला बनाउने भन्ने हतारमा बनाउने पछि जिल्लाको हालत उहि पु्रानै अबस्थामा नहोस् उनीहरुले भने । आव ०७२।७३ मा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने सोच बनाएता पनि नसकिएको र यसबर्ष भने जिल्लालाई पूर्ण साक्षर बनाएरै छाड्ने जिल्ला शिक्षा अधिकारी    रमेशराज पौडेलले बताए । 

हालसम्म जिल्लाका २३ वटा गाउँ विकास समिति निशुल्क आधारभूत तथा पूर्ण साक्षर गाविस घोषणा भैसकेका छन् । भने २० वटा गाउँ विकास समितिलाई साक्षर गाविस घोषणा गर्नको लागि मिति समेत तोकिएर तयारी अबस्थामा रहेको जिल्ला शिक्षा अधिकारी        रेमशराज पौडेलले बताए ।

 ४७ गाविस र एक नगरपालिकामध्ये नगरपालिका र ७ गाविसको पूर्ण साक्षर बनाउनको लागि अभियान चलिरहेको र प्रक्रिया अगाडि बढिरहेको उनले बताए ।  


आधार 

९५ प्रतिशत साक्षरता भए अथवा ५ देखि ६० बर्षभन्दा मुनिका मानिसहरु निरक्षर नभएको भेटिएमा पूर्ण साक्षर गाविस घोषणा गर्न सकिने व्यवस्था छ । गाउँविकास समितिमा भएको निरक्षरदर पहिचान गर्नको लागि तथा   निरक्षरदरको अन्त्य गर्नको लागि गाउँ शिक्षा समितिमार्फत प्रौढ शिक्षा तथा अन्य शिक्षाका माध्यमबाट साक्षरता दर बढाउने काम भैरहेको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । जसका लागी विद्यार्थी समेत परिचालन गरी निरक्षरदर कम गर्नको लागि र साक्षर जिल्ला बनाउनको लागि योजनाका साथ अगाडि बढेको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।साक्षरता भन्नाले सामान्य लेखपढ गर्न जान्नेलाई बुझिने कार्यालयले जनाएको छ । जो मानिस सामान्य लेखपढ गर्न सक्छ उ साक्षर हुने र निरक्षर दर कम भएको गाउँ विकास समितिलाई साक्षर गाविस घोषणा गरिने बताइएको छ ।

सफलता -

पछिल्लो समयमा जिल्ला शिक्षा कार्यालयमा बढ्दो अनियमितता, अख्तियारमा दर्जनौ भष्टारका     उजुरी तथा कार्यालयको जवाफदेहितामा कम चासोका कारण आलोचित बन्दै आएको थियो । विद्यालय तथा कार्यालयका कुनै पनि  अभिलेख नराख्ने गरेका कारण पनि आलोचना खेप्दै आएको जिल्ला शिक्षा कार्यालयले आफ्नो कार्य प्रणालीमा परिर्वतन र शिक्षा र     सरोकारप्रति जवाफदेहि बन्न सकेका कारण जिल्लामा पूर्ण साक्षर बनाउने अभियान तिब्र चलेको       हो ।  

त्यसैगरी शिक्षकको सरुवा, बढुवाको लामो समयदेखि रहि आएको समस्या, आर्थिक चलखेल तथा पारदर्शीताको कमजोरीका कारण पनि आलोचना हुदै आएको कार्यालयमा पछिल्लो समयमा परिर्वतन भएको पाइएको छ । जून सफलतानै हो । २३ वटा गाउँ विकास समितिलाई पूर्ण साक्षर बनाउन सफल हुनु, २० वटाको मिति तय गरी साक्षर गाविसको लागि तयारी रहनु र एक नगरपालिका र ७ गाविसको साक्षरबनाउनको लागि समस्याको पहिचान र तयारी गरिनु सफलतानै हो । त्यस्तै शिक्षकलाई नियम बद्धता गराउनको लागि सफल भएको उनको तर्क छ ।

समस्या

धौलागिरि अंचलका ४ जिल्लामध्ये बाग्लुङ र मुस्ताङ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन् । तर पर्वत अझै साक्षर जिल्ला घोषणा नहुनुले पनि समस्या भित्रको समस्याका रुपमा देखिएको छ । त्यसैगरी जिल्लामा शिक्षक समिति गठन गरी आफ्ना काम कारवाीहरुमा सवन्मयकर्ताको व्यवस्थापन गर्न सकेको अबस्था छैन । आर्थिक अभाव, आवश्यक सवारी साधनको कमि, समन्वयको अभावका कारणले पूर्ण साक्षर जिल्ला बनाउको लागि समस्या देखिएको छ र अबका दिनमा भने समस्या समधानका लागि  सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी काम गर्ने जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।


पूर्ण साक्षर गाविस घोषणा कार्यक्रममा सूचना संचारमाध्यमलाई प्रयोगमा ल्याउन नसेकका कारण आफुहरुलाई निकै चुनौती झेल्नु परेको भन्दै आव ०७३।७४ मा भने यस्तो गल्ती नदोहोराउने बताए । साथै उनले जिल्लाको शैक्षिक सुधारको कार्यपत्र तयार गर्नको लागि नसकेको   बताए । प्रमुख जिल्ला  अधिकारी शम्भूप्रसाद मरासिनी, स्थानीय विकास अधिकारी  युवराज पौडेलले जिल्लाको विकासको लागि सवै एक हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो