नन्दराम जैशी | पुस ३, जुम्ला | जुम्ला सदरमुकाममा शनिबार सम्पन्न भएको एक अभिमुखिरण गोष्ठिका सहभागिले चन्दननाथ नगरपालिका जुम्लालाइ बालमैत्रि स्थानिय शासन युक्त नगर निर्माण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | पुस ३, जुम्ला | जुम्ला सदरमुकाममा शनिबार सम्पन्न भएको एक अभिमुखिरण गोष्ठिका सहभागिले चन्दननाथ नगरपालिका जुम्लालाइ बालमैत्रि स्थानिय शासन युक्त नगर निर्माण"/>

2026-10-15 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बालमैत्रि स्थानिय शासनयुक्त नगर निर्माण गर्ने जुम्लाबासिको सामुहिक प्रतिबद्धता

नन्दराम जैशी | पुस ३, जुम्ला | जुम्ला सदरमुकाममा शनिबार सम्पन्न भएको एक अभिमुखिरण गोष्ठिका सहभागिले चन्दननाथ नगरपालिका जुम्लालाइ बालमैत्रि स्थानिय शासन युक्त नगर निर्माणका लागि आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् । बालमैत्रि स्थानिय शासन अवलम्बन सम्बन्धी दुइ दिने अभिमुखिरण गोष्ठिमा सहभागि राजनैतिक दल, बालक्लब, बिषयगत कार्यालय, वडा नागरीक मञ्च, नागरीक सचेतना केन्द्र, निगरानि समुह, पत्रकार लगाएत उपस्थीत अन्य सरोकारवाला निकायका ब्यक्तिहरुले बालमैत्रि स्थानिय शासन युक्त नगर निर्माण गर्ने उनिहरुले सामुहिक प्रतिबद्धता जनाएका हुन् । 

बालमैत्रि स्थानिय शासन राष्टिय रणनिति तथा कार्यान्वयन कार्यविधि २०६८ को प्रावधान अनुसार बालबालिकाको लागि कम्तीमा १५ प्रतिशत बजेट विनियोजित गरी नगरपालिकालाइ बालमैत्रि स्थानिय शासन युक्त नगर निर्माण गर्ने कार्यमा सहयोग गर्ने उनिहरुको भनाइ छ । यूनिसेफ नेपालको सहयोग तथा चन्दननाथ नगरपालिका जुम्लाको आयोजनामा शुरु भएको दुइ दिने गोष्ठि शनिबार सम्पन्न भएको हो ।

गोष्ठिको समापनमा बोल्दै यूनिसेफ नेपालका योजना तथा कार्यक्रम अधिकृत पशुराम पन्तले बालमैत्रि स्थानिय शासन युक्त नगर निर्माणका लागि सबै भन्दा महत्वपुर्ण भुमिका समुदायको रहने भन्दै सामुहिक रुपमा सबै निकाय जुट्नु पर्ने बताउनुभयो । जिल्ला तथा गाँउमा निर्माण हुने हरेक विकासे कामलाइ समेत बालमैत्रि बनाउन जरुरी रहेको उहाको भनाइ छ । बालमैत्रि नगर निर्माणका लागि सेवा प्रवाह सम्बन्धी २७ वटा, संस्थागत १२ वटा र अवलम्बनका ६ सुचक अनिवार्य पुरा गर्नुपर्ने पन्तले जानकारी दिनुभयो ।

कार्यकारी नगर अधिकृत केशवराज शर्माले बालमैत्रि स्थानिय शासन युक्त नगर निर्माणका लागि नगरपालिकाले गर्नुपर्ने सबै प्रक्रिया कार्यान्वयन गर्ने बताउनुभयो । बालबालिकामा गरेको लगानि खर्च नभइ भविष्यमा प्रतिफल प्राप्तीका लागि भएको भन्दै उहाले घरपरीवार, समाज तथा राज्यका लागि दक्ष जनशक्ति उत्पादन गर्न बालबालिकामै लगानि गर्न सबैलाइ सल्लाह दिनुभएको छ । सबैको साथ सहयोग रहेमा आगामि बर्षमा नगरपालिकालाइ कर्णालीकै पहिलो बालमैत्रि नगर घोषणा गरीने उहाको भनाइ छ । नगर बाल संजालका अध्यक्ष ईश्वर खत्रिले बालमैत्रि स्थानिय शासन अवलम्बन गर्दै नगर तथा गाँउपरिषदका लागि वडा स्तरदेखि योजना तर्जुमा गोष्ठिसम्मका १४ चरणमा बालबालिकाको अनिवार्य सहभागिता गराउनु पर्ने बताउनुभयो ।

लक्षीत बर्ग अन्र्तगत बालबालिकाको क्षेत्रमा बजेट बिनियोजित गरेर मात्र बालमैत्रि नहुने भन्दै त्यसबाट बालबालिकालाइ प्रत्यक्ष लावान्भीत हुने गरी कार्यक्रम संचालन तथा कार्यान्वयन हुनुपर्ने उहाको धारणाा रहेको छ । यसैबिच घर देखि सार्वजनिक स्थलका सबै संरचना बालमैत्रि हुनुपर्नेमा जुम्लाबासिले जोड दिएका छन् । बालबालिकाको नाममा आउने रकम अन्य क्रियाकलापका लागि नभइ उनिहरुको फाइदाका लागि खर्च गरीनु पर्ने जुम्लाबासिको भनाइ छ । चन्दननाथ नगरपालिका भण्डारीबाडा गाँउका दिप बहादुर मल्लले बालबालिकालाइ रचनात्मक तथा सृर्जनात्मक कार्य गर्न आग्रह गर्दै बालमैत्रि स्थानिय शासन अवलम्बन तथा कार्यान्वयन गर्ने कार्यमा सबैको सामुहिक प्रतिबद्धता आवाश्यक रहेको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने