2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय परीक्षा बोर्डमा प्राध्यापक सङ्घद्वारा तालाबन्दी

पुस ३, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतम र प्रशासन प्रमुख दुर्गाप्रसाद अर्यालको कार्यकक्षमा लोकतान्त्रिक प्राध्यापक सङ्घले आज तालाबन्दी गरेको छ । 

उच्च माध्यमिक शिक्षा परिषद् हुँदा अनुगमनमा खटाउन नियुक्त गरिएको कर्मचारी उदयकुमार कर्ण, ब्रजेशकुमार झा र स्कुल म्यापिङ्का लागि नियुक्त गरिएका नारायण पोखरेललाई बोर्डले हटाएको भन्दै तराई–मधेस लोकतान्त्रिक पार्टी निकट सङ्घले ५ बुँदे माग राखेर तालाबन्दी गरेको हो । 

सङ्घले म्याद सकिएका तीनजना कर्मचारीलाई तत्काल म्याद थप गरी काममा लगाउनुपर्ने, उनीहरुको विगत चार महिनादेखिको तलब दिनुपर्ने, परीक्षामा पर्यवेक्षकका रुपमा खटिएका कर्मचारीको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, प्राध्यापक सङ्घसँग विगतमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने, बोर्डका अस्थायी, करार र ज्यालादारीका कर्मचारीलाई स्थायी गरिनुपर्ने माग राखेर तालाबन्दी गरेको सङ्घका अध्यक्ष उदय तिवारीले बताउनुभयो । 

बोर्डका सदस्य सचिव गौतमले भने नयाँ शिक्षा ऐनले तत्कालीन परिषद्लाई बोर्डमा रुपान्तरण गरेसँगै अनुगमन र म्यापिङको काम शिक्षा विभाग मातहत हुँदै आएकाले उनीहरुलाई हटाएको प्रतिक्रिया दिनुभएको छ । बोर्डलाई आवश्यकता नै नभएको कर्मचारी हटाइएको बताउँदै सदस्य सचिव गौतमले भन्नुभयो – “विगतमा यहाँबाट हुँदै आएको सम्बधन, अनुगमन, म्यापिङ्को काम अहिले शिक्षा विभागले गर्छ । पाठ््यक्रमको काम पाठ््यक्रम विकास केन्द्रले गर्छ । तालिमको काम शैक्षिक जनशक्ति विकास केन्द्रले गर्छ । अहिले बोर्ड परीक्षासम्बन्धी काम मात्रै गर्ने हो । बोर्डलाई आवश्यक नभएको कर्मचारी हटाइएको हो ।” 

हटाइएका कर्मचारीलाई गत कात्तिक २४ गते नै पुस १ गतेदेखि बोर्डमा राख्न नसकिने जानकारी गराई सकिएको सन्र्दभमा तालाबन्दीको कुनै अर्थ नभएको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई