2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सवारी चालक अनुमतिको काम भक्तपुरको जगातीबाट

पुस ४, भक्तपुर । यातायात व्यवस्था विभागले भक्तपुर जगातीबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । 

कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता भइसकेको र मङ्गलबार कार्यालयको उद्घाटन गरेपछि सेवा सुरु गर्ने भएको छ । विभागका शाखा अधिकृत चिरञ्जीवी सापकोटाले कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी, फर्निचर एवम् फर्निसिङ, विद्युत् जडानको काम भइरहेको जानकारी दिनु भयो । 

उहाँका अनुसार मङ्गलबार सेवा सञ्चालन गरिने भए पनि व्यवस्थित रुपमा सेवा दिन भने त्यसपछि कम्तीमा एकसाता लाग्ने छ । 

कार्यालय जान दक्षिणतर्फ पनि सडक सञ्चालन, पार्किङ र सुरक्षा व्यवस्थापनलगायतका बारेमा छलफल भइरहेको उहाँको भनाइ थियो । उपत्यकामा ललितपुरको एकान्तकुनाबाट मात्र सवारी चालक अनुमतिपत्रसम्बन्धी काम हुँदै आएकोमा त्यहाँबाट मात्र सेवाग्राहीको काम ढिला भएको गुनासो बढेपछि सरकारले उपत्यकाको तीन स्थानमा कार्यालय खोल्ने तयारी गरेकोमा भक्तपुरमा पनि सञ्चालनमा आउने भएको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई