2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्याको विरोधमा बुटवलमा प्रदर्शन

पुस ५, बुटवल । युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको दिन दहाडै अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा नेकपा (एमाले) निकट युवा, विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् । 

विरोध कार्यक्रमअन्तर्गत आजदेखि लुम्बिनी अञ्चलका जिल्ला बन्दको आह्वान गरिएको छ । तिवारीको हत्याको विरोधमा एमाले निकट युवा, विद्यार्थीले सोमबारदेखि नै सडकमा प्रदर्शन गरेर यातायात अवरुद्ध पार्नुका साथै आजदेखि बन्द आह्वान गरिएको युवा सङ्घ केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले जानकारी दिनुभयो । 

उहाँले प्रहरी प्रशासनको लापर्बाहीका कारण अपराधीले दिउँसै गोली प्रहार गरेको र अपराधीलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा नल्याउँदासम्म आन्दोलन जारी रहने बताउनुभयो । आफूहरुको आन्दोलन रुपन्देही जिल्लामा मात्र नभएर सिङ्गो लुम्बिनी अञ्चलका जिल्लामा भएको बताउनुभयो । 

बन्दका कारण आज बिहानैदेखि यस क्षेत्रमा लामो तथा छोटो दूरीका कुनै पनि सवारी चलेका छैनन् भने उद्योग, व्यापार, शिक्षण संस्थालगायत बिहानैदेखि बन्द रहेका छन् । 

जिल्लाको देवदह नगरपालिका–६ खैरेनी निवासी ३६ वर्षीय तिवारीको सोमबार अपराह्न मोटरसाइकलमा देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा देवदह–८ ढेकावरमा रातो रङको पल्सर मोटरसाइकलमा आएको समूहले छातीमा गोली प्रहार गरेको थियो । आक्रमणमा घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । 

यता प्रहरीले भने घटनामा संलग्नलाई पक्राउ गर्न यस क्षेत्रको सुरक्षा अवस्थामा कडाइ गरेको छ । प्रहरीले आक्रमणकारी भाग्न सक्ने मुख्य नाकामा कडा चेकजाँच गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आक्रमणकारी मनोज पुनको खोजीका लागि उनको फोटो समेत सार्वजनिक गरेको छ । 

प्रहरीले निज पुन यसभन्दा अगाडि सङ्गठित अपराध, हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको र सोमबार देवदहमा तिवारीलाई गोली प्रहार गर्ने घटनामा प्रत्यक्ष समेत संलग्न रहेको बुझिएको भन्दै उनलाई पक्राउ गर्न फोटो सार्वजनिक गरेको जनाएको छ । 

तिवारीलाई आक्रमण गरी मृत्यु भएपछि निज पुनले सोमबार नै विभिन्न व्यक्तिलाई फोनमार्फत आफूले गोली हानेको भन्दै धम्क्याउने गरेका थिए । घटनापछि तिवारीको परिवार शोकमा डुबेको छ । उनकी पत्नी र वृद्ध आम बेहोस भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई