पौष ५ पर्वत ।जिल्लामा रहेको एक विद्यालयमा स्थानीय व्यक्तिले विद्यार्थीलाई आर्थिक सहयोग तथा पोशाक वितरण गरेका छन् । ठानामौला गाविसमा   रहेको सरस्वती प्राविको ३१ औ वार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पौष ५ पर्वत ।जिल्लामा रहेको एक विद्यालयमा स्थानीय व्यक्तिले विद्यार्थीलाई आर्थिक सहयोग तथा पोशाक वितरण गरेका छन् । ठानामौला गाविसमा   रहेको सरस्वती प्राविको ३१ औ वार"/>
2026-09-20 03:10 AM
पर्बत - PBT

३२ जना विद्यार्थीलाई आर्थिक एवं पोशाक वितरण

पौष ५ पर्वत ।जिल्लामा रहेको एक विद्यालयमा स्थानीय व्यक्तिले विद्यार्थीलाई आर्थिक सहयोग तथा पोशाक वितरण गरेका छन् । ठानामौला गाविसमा   रहेको सरस्वती प्राविको ३१ औ वार्षिकउत्सवको अबसरपारी स्थानीय कुलबहादुर गुरुङले विद्यालयका ३२ जना विद्यार्थीलाई जनही ४ सय रुपैयाँ र पोशाक वितरण गरेका हुन् । 

उनले उक्त विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्ध गर्नको लागि सवै एक जुट हुनुपर्नेमा जोड दिदै विद्यालयको शैक्षिक गुणस्तर विकासको लागि आफुले सहयोग गर्ने समेत बताए । गाउँमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नको लागि सवै एक हुनुपर्नेमा उनको जोड थियो । यस अघि पनि उक्त विद्यालयका सवै विद्यार्थीहरुलाई सोडेक नेपाल पर्वत वाट झोला तथा खेलकुद सामाग्री वितरण गरेको थियो ।

वार्षिक उत्सवकै अवसरमा विगत २१ वर्षदेखी उक्त विद्यालयमा कार्यरत निवर्तामान प्रअ डिल्ली प्रसाद सुवेदीलाई विदाई समेत गरिएको छ । उनले विद्यालयमा पु¥याएको योगदानको उच्च कदर गर्दै विद्यालय ब्यवस्थापन समिती तथा विद्यालय परिवार वाट सम्मानका साथ  विदाइ गरिएको हो । 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ख्याम वहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी छात्रा अन्जना सुनारले गरेका थिए भने भने कार्यक्रमको संचालन विद्यालयका प्रअ नारायाण प्रसाद भुषालले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो