2026-07-10 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिवारी हत्या आशङ्कामा तीनजना नियन्त्रणमा

2016-12-20

पुस ५, बुटवल । युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले आज देवदह क्षेत्रबाट तीनजनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिएका तीनैजनासँग सोधपुछ गरिरहेको र घटनासँग सम्बन्धित अन्य पक्षमा समेत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । 

यस्तै, प्रहरीले आक्रमणकारीले आक्रमणका क्रममा प्रयोग गरेको मोटरसाइकलसमेत फेला परेको छ । घटनास्थल देवदहको खैरहनी बजारबाट दक्षिण पश्चिमी क्षेत्र मणिग्रामको कान्छीबजारमा बेवारिसे अवस्थामा बा ५१ प ८०७३ नंको मोटरसाइकल बरामद भएको प्रनाउ मरासिनीले बताउनुभयो । 

बरामद मोटरसाइकल एकसय ५० सिसीको रातो रङ्गको छ । घटनापश्चात् भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीले मुख्य राजमार्गमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मोटरसाइकल चालकले हतारमा मोटरसाइकलबाट साँचोसमेत ननिकाली स्टार्ट अवस्थामै छाडेर भागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

मोटरसाइकल फेला परेको स्थान अनुसार अपराधीले गोली हानेर घटनास्थलबाट दक्षिण पश्चिमी क्षेत्रतर्फ भागेको अनुमान गरिएको प्रनाउ मरासिनीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले घटनालाई गम्भीरताका साथ अनुसन्धान गरिरहेका छौँ, दोषीलाई छिट्टै पक्राउ गर्छौं ।” 

यसैबीच, तिवारीको गोली हानी हत्या गरेको विरोधमा नेकपा (एमाले) निकट युवा तथा विद्यार्थीले आज दिनभर रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् । विरोध कार्यक्रमअन्तर्गत आजदेखि लुम्बिनी अञ्चलका जिल्ला बन्दले जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो