2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासी स्थीत बुद्धचोक देखि अदालत जाने बाटोको कालोपत्रे गर्ने काममा अवरोध

सरु शर्मा/पुस ६, नवलपरासी । नवलपरासी स्थीत बुद्धचोक देखि अदालत जाने बाटोको पुनः कालोपत्रे गर्ने काममा स्थानीयवासीले अवरोध गरेका छन । 

कालोपत्रे भएको दश दिन वित्न नपाउदैँ भत्कीन थालेको सो सडकमा रामग्राम नगरपालिकाले पुनः कालोपत्रे गर्न थालेको थियो । तर स्थानीयवासीले भत्केको ठाउँमा मात्र टाल्ने काम गरेको भन्दै काम रोकेको स्थानीय रामबृक्ष यादवले बताउनुभयो ।

सडक डिभिजन कार्यालय, खानेपानी, विद्युत लगायतका कार्यालय सँग समन्वय गनुपर्दा सो सडकको कालोपत्रे गर्न ढिलाई भएको थियो भने कार्तिकको अन्तिम तिर स्थानीयबासीको दवावका कारण हतारमा कालोपत्रे गर्दा मंसिरको पहिलो साता पिच गर्दा तापक्रम नपुगेको र सो बाटोमा गरिएको कालोपत्रे सुक्न नपाउँदै सडकमा यातायात सन्चालन गरिएकाले कालोपत्रे लामो समय टिक्न नसकेको नगरपालिका कार्यकारी अधिकृत रोशन ज्ञवालीले बताउनुभयो । 

अहिले भत्केको ठाउँलाइ टालेर पुन त्यसमाथिबाट सवै बाटो कालोपत्रे गर्न लागिएपनि स्थानीयले अवरोध गरेको नगरपालिकाले जनाएको छ । स्थानीयको अवरोध पछि नगरपालिकाले काम रोकेको र आवश्यक छलफल पछि सुरु गरिने ईन्जिनियर सतिश गुप्तालेब ताउनुभयो ।  विकासका काम भन्दा भाषणा गर्न मात्रै खप्पीस केहि राजनितिक दलका नेताहरु नै सो बाटोको निर्माणमा अवरोध पुराउने काममा लागेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो