2026-09-18 04:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्यांग्जाको मनोरम रापाकोट (भिडियो)

chapagainकमल
न्यौपाने ।
आफु जन्मिएको ठाउँ कस्लाई पो मन पर्दैन होला र ? आफु जन्मिएर बाल्यकाल बिताएको
त्यो थालोको माया कस्लाई पो लाग्दैन होला र ? हामी सबैलाई सधैंभरी आफ्नो जन्मथलोमा बस्ने मौका नमील्ला
तर पनि आफ्नो जन्मथलोको माया भनेको अलग नै हुन्छ । हामी जहाँ जन्मिन्छौ र जहाँ आफ्नो बाल्यकाल रमाइलोका
साथ उकाली ओराली गर्दै बिताउछौ, सायदै त्यो पल र त्यो थलो बिर्सने मान्छे हामी भेट्छौ । समय र
परिस्थितीले हामीलाई आफ्नो जन्मथलोबाट टाँढा पुर्याउछ । सबैको आ-आफ्नै समस्या हुन्छ र उक्त
समस्यालाई
समाधान गर्नकै निम्ती हामी धेरै टाँढा हुने गर्दछौ । हामी धेरैको त्यस्तै नै छ । हामी चाहेर पनि आफ्नै
जन्मथलोमा बसेर केही गर्न सक्दैनौ । हामी सबैको बाध्यता हो ।

हामी
जहाँ छौ सोही क्षेत्रबाट नै आफ्नो जन्मथलोका लागि केही गर्न सक्छौ । जस्ले हामीलाई सधैंभरी आफ्नो
जन्मथलोसँग गासिन सहयोग पुर्याउनेछ । हामीले आफ्नो कर्मथलोमा रमाएर जन्मथलोलाई कहिले पनि बिर्सिनुहुन्न
। सोही अनुरुप आफ्नो जन्मथलोको माया निकै लागेर सर्जक टेक नारायण चापागाईले आफ्नो जन्मथलोलाई विश्वमा
चिनाउनकै निम्ती गीत संगितको सहारा लिएका छन । चापागाईले आफ्नो जन्मथलो स्याङ्जाको रापाकोटका बिबिध
बिशेषतालाई गीतमा प्रस्तुत गरेका छन । स्याङ्जा रापाकोट स्वर्ग प्यारो रहेको र आफ्नो मुटुको टुकुरा सरह
रहेको र अनेकौ मनोरम क्षेत्रहरुले पर्यटकलाई आकर्षण समेत गरेको गीतमा भनिएको छ । प्राकृतिक सुन्दरताको
धनी रहेकोले पनि धेरै घुम्न आउने गरेको र आउन बाँकी रहेका सम्पूर्णलाई पनि एकपटक स्याङ्जा घुम्न आउनको
लागि चापागाँईले गीतबाटै आग्रह गरेका छन् ।

आफ्नो जन्मथलोको
बिशेषतालाई समाबेश गर्दै गायक तथा सर्जक टेकनारायण चापागाँईले ‘मेरो प्यारो रापाकोट’ बोलको भिडियो
सार्वजनिक गरेका छन । टेकनारायण चापागाँईकै शब्द,संगीत रहेको उक्त गीतमा जुनु रिजालको स्वर रहेको छ ।
जि.बी लामाको छायांकन रहेको भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेका छन । भिडियोको सम्पुर्ण छायांकन
स्याङ्जाको रापाकोटमा भएको छ । उक्त भिडियोलाई केशव सापकोटाको निर्देशन रहेको छ । सोफिया लगायत अन्य
कलाकारहरुको अभिनय गरेको भिडियोमा सिर्जन बरालले निर्देशन गरेका छ । उक्त गीतलाई जनता डिजिटलले बजारमा
ल्याको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया